काठमाडौं । स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफा २ लाख ५५ हजार रुपैयाँबाट बढेर २ करोड ५८ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ ।
अघिल्लो वर्ष यसैअवधिमा २७ लाख १ हजार रुपैयाँ ऋणात्मक रहेको स्वभिमानको रिजर्भ कोष ९५६.९० प्रतिशतले बढेर २ करोड ३१ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा पनि आकर्षक सुधार आएको छ । चौथो त्रैमाससम्म आइपुग्दा स्वाभिमानको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४२ पैसा रहेको छ ।
२०७६ साउन २६ गते प्रकाशित
वि.सं.२०७६ साउन २६ आइतवार ०८:५१ मा प्रकाशित