back
NMB ad

भक्तपुरमा पर्यटक बढे, २७ करोड ५ लाख राजस्व संकलन

Kumari bank ad

भक्तपुर । भक्तपुर घुम्न आउने पर्यटकको संख्या करिब १४ प्रतिशतले बढेको छ । सांस्कृतिक सम्पदाको भ्रमण तथा अध्ययन गर्ने पर्यटकको संख्या वर्षेनी बढेको पर्यटन सूचना केन्द्रको तथ्यांकले देखाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पर्यटकको संख्या २ लाख ५८ हजार ५ सय ८८ पुगेको छ । २०७४/७५ मा २ लाख २७ हजार ६ सय १४ थियो । केन्द्रका अनुसार भूकम्पमा भत्किएका मठमन्दिरका संरचना तीव्र रूपमा पुनर्निर्माण भइरहेको छ । ती मठमन्दिर र पुरानो स्वरूप हेर्न पनि पर्यटकको घुइँचो दिनहुँ बढ्दै गएको छ । गत वर्षको तुलनामा ३ हजार ९ सय ७४ पर्यटक संख्या बढेको हो ।

केन्द्रका अनुसार भक्तपुरमा सार्कसँगै अन्य मुलुकबाट पनि भ्रमण गरेका छन । सार्क र चीनबाट मात्रै १ लाख १७ हजार ३ सय पर्यटकले भ्रमण गरेका छन् । २०७४/७५ मा ९९ हजार ९ सय ८० ले मात्रै भ्रमण गरेका थिए । सार्क र चीनबाहेक अन्य मुलुकबाट १ लाख १४ हजार २ सय १६ जनाले भ्रमण गरेको केन्द्रको तथ्यांकमा छ ।

केन्द्रका अनुसार पर्यटकबाट २७ करोड ५ लाख १० हजार राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७४/७५ मा भने २४ करोड १४ लाख ४१ हजार राजस्व संकलन भएको थियो ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १०:४७ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...