back
NMB ad

आदर्श सञ्चारको १० वर्षे रणनीतिक योजना परिमार्जन,१० करोड शेयर रकम बनाउने

Kumari bank ad

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको वार्षिक समिक्षा, योजना तर्जुमा तथा १० वर्षे रणनीतिक योजना परिमार्जन गोष्ठी सम्पन्न भएको छ ।

संस्थाको गत आर्थिक वर्षको समिक्षा, चालु आर्थिक वर्षका लागि योजना तर्जुमाका साथै संस्थाले २०८० सालसम्मका लागि निर्माण गरेको १० बर्षे रणनीतिक योजना परिमार्जनका लागि गोष्ठीको आयोजना गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाको १० वर्षे रणनीतिमा सहकारी क्षेत्रमा देखिएको परिवर्तित अवस्था लगायतका विषयमा छलफल गरी आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडि बढाउने निष्कर्षका साथ गोष्ठी सकिएको संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी (अञ्जु)ले जानकारी दिईन ।

साविक धौलागिरि अञ्चलमा पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित भई सूचना, सञ्चार, वित्तीय लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा क्रियाशिल आदर्श सञ्चार सहकारीलाई गण्डकी प्रदेश स्तरीय सवल र सशक्त सञ्चार गृहका रुपमा स्थापित गर्ने संस्थाको योजना रहेको छ ।

सहकारीमार्फत सञ्चार र आर्थिक विकास भन्ने नाराका साथ क्रियाशिल आदर्श सञ्चारले २०८० सालसम्म आफ्नै सुविधा सम्पन्न भवनबाट पत्रपत्रिका, टेलिभिजन, एफएम, अनलाइन, यूटयुव लगायतका सञ्चार माध्यम सञ्चालन गर्ने रणनीतिक योजनामा समावेश गरिएको संस्थाका कार्यकारी सम्पादक दिल शिरिषले बताए ।

संस्थाले २०७० सालमा बनाएको रणनीतिक योजनालाई परिमार्जन गरी २०८० साल असार समान्तसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर रकम, ५२ करोड बचत, ५० करोड कर्जा लगानी र २ करोड कोष बनाउने लक्ष्य लिएको कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिए ।

संस्थाले सूचना र सञ्चार तथा वित्तीय सेवाका साथै सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको र आगामी दिनमा थप सक्रियताका साथ सामाजिक रुपान्तरणका क्षेत्रमा क्रियाशिल जनाएको छ । संस्थाले विगतमा सञ्चालन गर्दै आएका विद्यालयमा सहकारी शिक्षा, महिलाहरुका लागि प्याड बनाउने तालिम, दुव्र्यसनी विरुद्ध आमाहरु लगायतका प्रभावकारी कार्यक्रमहरुलाई निरन्तरता दिदै आगामी दिनमा थप नयाँ कार्यक्रमहरु सञ्चालन गर्ने गरी योजना बनेको संस्थाका उपाध्यक्ष अनन्तबहादुर खड्काले बताए ।

गोष्ठीमा संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सीले संस्थाको विगत र वर्तमान अवस्था, आगामी योजना तथा रणनीतिक योजनाका विषयमा सहजीकरण गरेका थिए । चार समुहमा छलफल गरी संस्थाको आगामी रणनीतिक योजनालाई परिमार्जन गर्ने गरी गोष्ठी सम्पन्न भएको सचिव ललिता थापाले जानकारी दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार डिलबहादुर कार्की, सञ्चालक कमल लामिछाने, शिक्षा उपसमितिका सदस्य हिमालयप्रकाश श्रेष्ठ र पत्रिका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले समुह छलफलका निष्कर्ष बारेमा सहजीकरण गरेका थिए ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १२:०३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...