back
NMB ad

उपभोक्ता ठगी रोक्न तीनै तहका सरकारको सहकार्य, सुपथ मुल्य स्थापना गर्ने निष्कर्ष

Kumari bank ad

काठमाडौं । चाडपर्व नजीकिँदै गर्दा संघीय सरकारले उपभोक्ता अधिकार स्थापित गर्न प्रदेश सरकारसँग सहकार्य थालेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैं, तिहार र छठजस्ता चाडपर्वमा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सबै प्रदेश तथा स्थानीय निकायसँग सहकार्य थालेको हो ।

मन्त्रालयले चाडपर्वको समयमा विभिन्न बहानामा उपभोक्तामाथि ठगी हुँदै आएकाले त्यसलाई नियन्त्रण गर्न सातै प्रदेश तथा सबै स्थानीय निकाय सचेत हुनुपर्ने निचोड निकालेको छ । मन्त्रालयमा आयोजित सहकार्यसम्बन्धी जानकारी दिने कार्यक्रममा गण्डकी, कर्णाली, प्रदेश ३ र ५ का उद्योग, पर्यटन तथा वन मन्त्रालयका मन्त्रीस्तरीय प्रतिनिधित्व थियो । साथै, विभिन्न महानगर, उपमहानगर र गाउँपालिकाका प्रतिनिधिहरू पनि सहभागी थिए ।

सोहीअवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नजीकिँदै गरेको चाडमा आपूर्ति व्यवस्थालाई सहज बनाउन तीन तहका सरकारको सहकार्य आवश्यक रहेको बताए । उनले उपभोक्तालाई ठगिनबाट जोगाउन केन्द्र, प्रदेश र स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिए ।

सो प्रयोजनका लागि प्रत्येक स्थानीय तहमा सुपथ मूल्य पसल स्थापना गरिनुपर्ने मन्त्रालयले बताएको छ । त्यसका लागि प्रदेश सरकारले आफ्ना सबै स्थानीय निकायलाई निर्देशन दिनुका साथै सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ ।

सबै स्थानीय निकायमा सुपथ मूल्य पसल स्थापना गर्न सके उपभोक्ता ठगिनबाट जोगिने मन्त्रालयको निष्कर्ष छ ।

२०७६ साउन २६ गते प्रकाशित

वि.सं.२०७६ साउन २६ आइतवार १२:४६ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...