वीरगन्ज । आर्थिक वर्ष ०७५/७६ मा खाने तेल भारततर्फ निकासी हुन थालेपछि नेपाली तेल उद्योगले १२ अर्ब ६७ करोड ९४ लाख २२ हजारको तेल निर्यात गरेका छन ।
२०७५ असोज २२ गते भारतले निर्यात अनुमति दिएपछि मंसिरदेखि फेरि तेल निकासी सुरु हुन पाएको थियो । यो सात महिनामा नेपालले एक लाख १६ हजार एक सय २३.२७१ टन तेल निर्यात गर्न सफल भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार दुई थरीका पाम र सोयाविन आयल नेपालबाट भारतीय बजारमा निर्यात भएको देखिन्छ । अधिक मात्रामा गएको पाम आयल ९५ हजार ६ सय ६४.६६४ टन निकासी भएको देखिन्छ । यसबाट १० अर्ब ३३ करोड तीन लाख ५१ हजार रुपैयाँ आर्जन भएको छ ।
त्यस्तै २० हजार चार सय ५८.६०७ टन सोयाविन आयल निर्यात भएको छ । सोयाविन तेल दुई अर्ब ३४ करोड ६३ लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ । त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा त्यस्तो तेलको निकासी शून्य रहेको पाइन्छ ।
२०७६ साउन २६ गते प्रकाशित
वि.सं.२०७६ साउन २६ आइतवार १३:२८ मा प्रकाशित