शिखर इन्सुरेन्सको मंगलबार एजिएम, ३०% हकप्रद जारी गर्ने

काठमाडौं । शिखर इन्सुरेन्सको आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभा मंगलबार (साउन २८ गते) हुँदैछ ।

लाभांश वितरण नगर्ने घोषणा गरेको शिखरले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य एजेन्डा पेश गर्दैछ ।साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभा प्रयोजनका लागि शिखरले साउन १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले साउन १४ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन ।

सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना, सर्वसाधारणबाट २ जना र १ जना स्वतन्त्र गरी कुल ७ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन नियमावली संशोधन गरिने प्रस्ताव पनि हुनेछ ।

कम्पनी आवश्यकता अनुसार मर्जमा जान वा एक्वायर गर्न पनि तयार देखिएको छ । अन्य बिमा कम्पनी गाम्ने–गाभिने तथा प्राप्ति गर्नु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।

२०७६ साउन २६ गते प्रकाशित

२०७६ साउन २६ गते १६:१३ मा प्रकाशित

You can share this post!

एनएमबि बैंकले लाभांश र १० वर्ष अघिको निक्षेप लैजान शेयरधनिलाई बोलायो

५५ हजार घुससहित सब-इन्जिनियर पक्राउ

Related posts