back
NMB ad

दशैँका लागि ३ हजार खशी, च्याङ्ग्रा ल्याउने तयारी, साढे ४ करोड विनियोजन

Kumari bank ad

काठमाडौं । खाद्य संस्थानले दशैंको लागि खसी, च्याङग्रा र सुपथ मूल्यको पसल राख्ने तयारी थालेको छ । चाडपर्व नजिकएसंगै करिब ३ हजार खसीरच्याङग्रा ल्याउन संस्थानले तयारी थालेको हो ।

संस्थानले तीन हजार खसीरच्याङग्रा किन्न आपूर्ति मन्त्रालयसँग ५ करोड र सुपथ मूल्यका पसलका लागि १ करोड ७५ रुपैयाँ आवश्यक पर्ने संस्थानको अनुमान छ ।  संस्थानका अनुसार खसी र च्यांग्रा ल्याउन प्रकृया अघि बढिसकेको जनाएको छ । खसीका लागि २ करोड र च्याङग्राका लागि २ करोड ५० लाख विनियोजन गरिएको छ । ढुवानी समेत गर्दा यो लागत ५ करोड पर्ने संस्थानको अनुमान छ ।

संस्थानको अब बस्ने बोर्ड बैठकले सो योजनालाई पास गर्नेछ । संस्थानले बजार हस्तक्षेपको नीति अनुसार दशैंमा वर्षेनी खसीरच्याङग्रा ल्याएर बिक्री गर्दै आएको छ । संस्थानले बिक्री गरेकै कारण मूल्य अस्वभाविक रुपमा बढ्न पाउँदैन ।
वर्षेनी बजार मूल्यलाई बढ्न नदिन खाद्य तथा चौपायको व्यवसाय गर्दै आएको छ ।

गत वर्ष २ हजार खसीरच्याङग्रा बिक्री गरेको संस्थानले यो वर्ष ५० प्रतिशत बढाएर संस्थानले ३ हजार र्पुयाएको हो ।  यो वर्ष लाहान, नेपालगंज र मकवानपुरबाट खसी ल्याउने तयारी छ भने च्याङग्रा मुस्ताङबाट ल्याइने संस्थानले जनाएको छ ।

२०७६ साउन २७ मा प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार ०९:०४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...