back
NMB ad

‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ योजनामा आवेदन दिने समय थपियो

Kumari bank ad

काठमाडौं । सिद्धार्थ क्यापिटले बिक्रीमा ल्याएको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २’ योजनामा आवेदन दिने समय थप गरीएको छ। साउन २३ गतेदेखि एक अर्ब ४० करोड रुपैयाँ बराबरको ईकाई बिक्रीमा ल्याएकोमा साउन २६ गते सोमबार सम्म पनि बिक्रि नभएको हो । क्यापिटलले बिक्रीमा ल्याएको १४ करोड इकाईमध्ये सबै इकाई खरीदका लागि आवेदन नपरेपछि भदौ २ गतेसम्म आवेदन गर्न सकिने गरी समय थप गरिएको हो।

यसमा सर्वसाधारणमा लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँका दरले १०० ईकाई देखि एक करोड ४० लाख ईकाईसम्म लगानी गर्न सक्नेछन्।इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा व्त्तिीय संस्था र तिनको शाखा कार्यालयका अलवा मेरोशेयर सफट्वेयर मार्फत समेत आवेदन दिन सक्नेछन्।

सिद्धार्थ ग्रोथ स्किम २, दश वर्षे योजना हो, जसले पहिलो वर्ष प्रति ईकाई ५० पैसा र , दोस्रो वर्षदेखि प्रति ईकाई १ रुपैयाँ पाँचौ वर्ष देखि नवौवर्षसम्म १ रुपैयाँ ५० पैसा लाभांश दिने र दशौं वर्षमा २० रुपैयाँ १० पैसा सहित ईकाईधनीलाई पैसा फिर्ता दिईने जनाएको छ।

सिद्धार्थ क्यापिटलले बिक्री गरेको सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम १ ले वार्षिक ४८।४५ प्रतिशत प्रतिफल दिएर अवधि समाप्त भएपछि दोस्रो संस्करण बिक्रीमा ल्याएको हो। सिद्धार्थ क्यापिटललले पहिलो योजना जस्तै दोस्रो योजनामा पनि उच्चतम प्रतिफलको प्रयास गरिने दाबी गरेको छ। सिद्धार्थ क्यापिटलको यो चौंथो सामूहिक लगानी कोष योजना हो ।

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार १३:४३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...