back
NMB ad

मिस्त्री खोला जलविद्युतको ९०% निर्माण कार्य सकियो, २ महिनामा उत्पादन सुरु

Kumari bank ad

काठमाडौं । म्याग्दीमा निर्माणाधीन ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाले अबको २ महिनामा विद्युत उत्पादन सुरु गर्ने भएको छ ।

९० प्रतिशत निर्माण पूरा भएको आयोजनाबाट आगामी असोज अन्त्यबाट विद्युत उत्पादन सुरु हुन लागेको हो । २०७३ साउनदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेको व्यवस्थापक विजेन्द्रलाल राजभण्डारीले बताए । उनका अनुसार बाँध क्षेत्रको निर्माण पूरा भएको छ ।

अहिले सुरुङ र विद्युतगृहमा समानरूपले काम भइरहेको छ । खनेर सकिएको २.३ किलोमिटर लामो मुख्य सुरुङमा ढलान भइरहेको उनले बताए । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम धमाधम भइरहेको छ । बाँकी काम सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्न अझै २ महिना लाग्ने पनि राजभण्डारीले बताए ।

यसअघि आयोजनाबाट भदौदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । तर, सुरुङ ढलानका क्रममा समस्या देखिएपछि उत्पादन तालिका एक महिना लम्बिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा लगेर जोडिनेछ । दाना सबस्टेसनसम्म आवश्यक ४ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ ।

आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा नविल बैंकको अगुवाइमा ६ बैंक तथा वित्तिय संस्थाले ४ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गरेका छन ।

२०७६ साउन २७ गते प्रकाशित

वि.सं.२०७६ साउन २७ सोमवार १७:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...