back
NMB ad

किन सुस्तायो सुनको व्यापार ? देशभर मुश्किलले १० केजीमात्र कारोवार

Kumari bank ad

काठमाडौं । सुनको मूल्य धमाधम आकाशिँदै गएपछि कारोबार सुस्त हुदैँ गएको छ । बढि कारोवार हुने साउन महिना र तीज नजिकिँदा पनि देशभरका सुनचाँदी पसलहरू लगभग सुनशान नै देखिन्छन ।

पसलमा गरगहना किन्नेभन्दा विक्री गर्ने ग्राहक बढी आउन थालेपछि सुनको कारोवार उल्टो भइरहेको छ ।  अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि नेपालमा पनि यसको मूल्य बढेको हो । अहिले नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य ७० हजार रुपैयाँ छ । जुन साउन २४ गतेदेखि स्थिर छ ।

मुल्य घट्ने छाँटकाँट देखिएको छैनन तर सामान्य अवस्था आउँदा पनि प्रतितोला ६५ हजार रुपैयाँ भन्दा तल नझर्ने संकेत छ । साउन महीनामा मात्र सुनको मूल्य तोलामा ५ हजार ५०० बढेको छ । महासंघका अनुसार साउन १४ गतेसम्म सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँमा घटवढ हुँदै आएको थियो । साउन १५ देखि २३ गतेसम्म लगातार बढेको थियो । अहिले ७० हजार रुपैयामा स्थिर छ ।

कारोबार कम भएपछि सुनचाँदी व्यवसायीहरूले बैंकबाट सुन किन्न बन्द गरेका छन् । अहिले नेपाली बैंकहरूमा ७३० केजीभन्दा बढी सुन थन्किएको छ । सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अधिकार वाणिज्य बैंकहरूसँग मात्रै छ । कारोबार घटेपछि बैंकहरूमा सुन जम्मा हुँदै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार देशभरका २२ हजार सुनचाँदी पसलमा यो मौसममा दैनिक ४० केजीसम्म सुन बेचबिखन गरेपनि अहिले मुश्किलले १० केजी सुनको मात्र कारोबार हुने गरेको छ ।

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार ०८:०२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...