back
NMB ad

१० करोड ठगेर सुन व्यापारी फरार

Kumari bank ad

विराटनगर ।  सर्वसाधारणको १० करोडभन्दा बढी रकम लिएर मोरङको बेलबारी–१ मा लामो समयदेखि सुनचाँदीको कारोबार गर्दै आएका एक व्यापारी बेपत्ता भएका छन ।

बेलबारी–१ सिनेमा हल लाइनमा ओमकृष्ण सुनचाँदी पसलका सञ्चालक घनश्याम श्रेष्ठ सर्वसाधारणको १० करोडभन्दा बढी रकम ठगी गरी बेपत्ता भएका हुन् । ठगीमा पर्नेमा बेलबारीका प्रतिष्ठित व्यक्तिदेखि सर्वसाधारणसम्म छन् । ब्याजको प्रलोभनमा परी श्रेष्ठलाई पैसा दिएका २ सय बढी सर्वसाधारण ठगीमा परेको रहस्य खुलेको छ । ठगीमा पर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

सबैभन्दा बढी जग्गा दिने र फ्याक्ट्री खोलेर सेयर दिने बहानामा व्यापारी श्रेष्ठले ठगी गरेको पीडितहरूको भनाइ छ । सुन पसलमा आउने ग्राहकहरूसँग आकर्षक ब्याज दिने भन्दै दुई वर्षदेखि धितोमा राखेको र बचत गरेको पैसा उठाएर ठगी गर्दै आएका उनी एक महिनादेखि सम्पर्कविहीन छन् । बेलबारीमा श्रेष्ठको सुन–चाँदी र हार्डवेयर पसल थियो । दुवै पसल बन्द गरेर श्रेष्ठ अहिले सम्पर्कविहीन भएका हुन् । जग्गा दिने र उद्योग खोलेर सेयर सदस्य बनाउने भन्दै रकम उठाएर श्रेष्ठ फरार भएको पीडितहरूको गुनासो छ ।

एक जनासँग ५० हजारदेखि ४२ लाख रुपैयाँसम्म उठाएर श्रेष्ठ फरार भएको पीडित मातृकाप्रसाद पराजुलीले बताए । पीडितहरूले  संघर्षसमिति नै गठन गरेर डुबेको पैसा फिर्ताका लागि हारगुहार गरिरहेका छन् ।

मोरङका प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउँजुले पीडितले जाहेरी दिए ठगी मुद्दामा अनुसन्धान गरिने बताए ।

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार १०:५८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...