back
NMB ad

बागलुङमा “अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला” हुने

Kumari bank ad

बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा आउँदो फागुन ४ देखि २६ गतेसम्म अन्तराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला सञ्चालन हुने भएको छ ।

अन्तर्रा्ष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित कार्यशाला आयोजना गरिएको गलकोट कला प्रतिष्ठानले जनाएको छ ।

कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम दुई वर्षअघिदेखि नै शुरु भएको थियो । कार्यशालामा १० विदेशी र पाँच नेपालीसहित १५ मूर्तिकार सहभागी हुने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

कार्यशालास्थलमा सडक, शौचालयलगायतका संरचना बनिसकेका छन् । सवारी राख्ने ठाउँ, वनभोजस्थल र घेराबारको काम अघि बढाइएको छ । “मूर्ति बनाउन योग्य ढुङ्गाको खोजी र सङ्कलन पनि भइसकेको छ”, अध्यक्ष रानाले भने, “मूर्ति प्रतिस्थापनका लागि चाहिने संरचना निर्माणलगायतका काम बाँकी छन् ।” कार्यशालाका लागि दुई टनभन्दा ठूला १५ वटा ढुङ्गा चाहिने जनाइएको छ ।

कार्यशालास्थलमा खानेपानी, विद्युत् सेवा पु¥याउने काम भइरहेको छ । पूर्वाधार तयारीका काममा हालसम्म एक करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट छुट्टिएको थियो ।

पर्यटन मन्त्रालयमार्फत बजेट आएपछि कार्यशालाको कामले गति लिएको हो । अघिल्लो वर्ष नै  कार्यशाला सञ्चालन गर्ने भनिए पनि बजेट अभावमा ढिलाइ भएको थियो । गलकोट नगरपालिकाले पनि कार्यशालाका लागि गत आवमा तीन लाख रुपैयाँ बजेट छुट्याएको थियो ।  उक्त बजेटबाट विस्तृत परियोजना प्रतिवेदन  (डिपिआर) बनाइएको प्रतिष्ठानले जनाएको छ ।

कार्यशाला सम्पन्न गर्न थप एक करोड २० लाख रुपैयाँ आवश्यक पर्ने प्रतिष्ठानका अध्यक्ष रानाको भनाइ छ । “कार्यशालाबारे जानकारी गराउन र थप बजेट मागका लागि प्रधानमन्त्री, परराष्ट्रमन्त्री, पर्यटनमन्त्रीलगायतसँग भेट्ने कार्यक्रम बनाएका छौँ”, उनले भने, “निर्धा्रित समयमै कार्यशाला हुन्छ, अब पछि सर्दैन ।”

सरकारले घोषणा गरेको नेपाल भम्रण वर्ष– २०२० लाई पनि कार्यशालाले टेवा पु¥याउने विश्वास लिइएको छ । “देश–विदेशका मूर्तिकारका अमूल्य कलाकृति सङ्ग्रहित हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ”, अध्यक्षा रानाले भने ।

मूर्तिकला सङ्ग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन, अनुसन्धानको केन्द्रसमेत बन्नेछ । अन्तराष्ट्रिस्तरमा ख्यातिआर्जन गरेका मूर्तिकारले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालयमा राखिनेछ । कलाप्रेमीसहित सर्वसाधारणले पनि मूर्तिकला कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् ।
“कार्यशालामा सहभागिताका लागि अन्तराष्ट्रिस्तरमा आह्वान गर्छौँ”, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं मूर्तिकार ओम खत्रीले भने, “दरखास्त हाल्नेमध्येबाट छनोटमा परेका मूर्तिकार कार्यशालामा सहभागी हुनेछन् ।”

प्रतिष्ठानले पूर्वाधार र मूर्तिकला कार्यशालाको लागि तीन करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । एक करोड ५० लाख रुपैयाँ कार्यशालामा मात्र खर्च हुने जनाइएको छ । कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्नेछ । गलकोटमै जन्मनुभएका मूर्तिकार खत्रीकै सोच र योजनामा कार्यशाला हुनलागेको हो । कार्यशालाका लागि स्थानीयवासीले २५ रोपनी जग्गा निःशुल्क प्रतिष्ठानलाई उपलब्ध गराएका थिए ।

कार्यशालास्थल टेउवा पर्यटकीय लेक घुम्टेको तल पर्छ । सदरमुकाम बागलुङ बजारदेखि ५० किमी मोटरयात्रामा टेउवा पुग्न सकिन्छ । टेउवा पुग्ने पर्यटकले ऐतिहासिक गलकोट दरबार, गाईघाट झरनालगायतका पर्यटकीय गन्तव्य पनि घुम्न सक्छन । –रासस

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार १३:०९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...