back
NMB ad

अबको आकर्षण आल्मुनियमका फर्निचर

Kumari bank ad

काठमाडौं । काठ महँगो र किन्दा पनि पाउन गाह्रो भएपछि उपभोक्ताहरु आल्मुनियमका फर्निचरप्रति आकर्षित हुन थालेका छन् । यस्तै काठ पाउन मुस्किल भएपछि कैलाली जिल्लामा आल्मुनियमका फर्निचरप्रति आकर्षण बढ्न थालेको छ आल्मुनियमका फर्निचर र काठको फर्निचरमा आधा मूल्य फरक पर्छ ।

आल्मुनियमका पलङ, टेबुल, कुर्सी, स्ट्याण्ड, ह्याङ्गर सहज रुपमा पाइन्छन् । आल्मुनियमका ढोका, झ्यालसमेत निर्माण गर्न थालिएको छ । टीकापुरकी रत्ना मगरले घर निर्माण गर्दा काठ नपाएपछि आल्मुनियमकै प्रयोग गरेका छन् । “घर बनाउन थाले, काठ खोज्दा पाइएन, धेरै सामुदायिक वन धाए, काठ किन्न पनि निकै झन्झटिलो रहेछ”, मगरले भने ।

लम्कीका सुरेश शाहले पनि घर निर्माण गर्दा काठ खोज्न कठिन भएपछि आल्मुनियमको प्रयोग गरेका छन् । “काठ त सुनजस्तै महँगो भएछ । काठ प्रयोग गर्न सकिन्न”, शाहले भने, “काठभन्दा आल्मुनियम निकै सस्तो भएकाले यही प्रयोग गरियो ।” “काठका फर्निचर महँगा हुन्छन् सबैले प्रयोग गर्न सक्दैनन्”, टीकापुर आल्मुनियमका सञ्चालक चक्र भाटले भने, “अहिले अधिकांशले आल्मुनियमका फर्निचर प्रयोग गर्न थालेका छन् ।” आल्मुनियमका फर्निचर निर्माण गर्दा ज्याला कम लाग्ने तर प्राविधिक कर्मचारी पाउन समस्या भएको उनले बताए ।

अहिले निर्माण भएका घरका झ्याल र ढोका ८० प्रतिशत आल्मुनियमका छन् । काठको झ्याल बनाउन १५ देखि २० हजार खर्च हुन्छ भने आल्मुनियमको बनाउँदा रु सात हजारमा तयार हुन्छ । “आल्मुनियमका झ्याल ढोका र फर्निचर पाउन थालेपछि आम उपभोक्तालाई सहज भएको छ”, स्थानीयवासी रघुनाथ उपाध्यायले भने । सामुदायिक वनले काठ उपलब्ध गराउन छाडेको अवस्थामा आम उपभोक्ता पनि काठ कम प्रयोग गर्ने बानी बसाल्न थालेका छन् ।

२०७६ साउन २८ गते प्रकाशित

वि.सं.२०७६ साउन २८ मंगलवार १३:४४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...