back
NMB ad

ज्वालामुखी गाउँ पालिका ३ मैदी अमराईमा बोलेरो दुर्घटना, १४ जना घाइते (नामावलि सहित)

Kumari bank ad

धादिङ । धादिङ जिल्लाको ज्वालामुखी गाउँ पालिका ३ मैदी अमराई हटियामा मङ्गलबार दिउँसो सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । धादिङबेसीबाट अमराईँ हुँदै सातदोबाटो जादैँ गरेको बा १३ च ५२३० नम्बरको बोलेरो जिप ब्रेक फेल भइ दुर्घटना भएको थियो ।

ब्रेक फेल हुँदा १४ जना सवार उक्त बोलेरो खानेपानीको धारामा ठक्कर खाँदै भिरालो जग्गामा खसेको थियो । दुर्घटनामा परि १४ जना घाइते भएका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइते भएका सबैलाई जिल्लाबाट एम्बुलेन्स पठाइ जिल्ला अस्पताल धादिङ ल्याइएको थियो । उद्दारका लागि स्थानीय प्रहरी र रेडक्रसकर्मीहरु घटनास्थल पुगेका थिए । दुर्घटनामा गम्भीर घाइतेमध्ये २ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुने छ जनामा तपशितका व्यक्तिहरु रहेका छन् ।

१. वीर बहादुर मैदी १ छापथोक
२. प्रति वि.क. मैदी ३ उखुबारी
३. लोक बहादुर सामरी मैदी १ कमेरे
४. मिलन परियार मैदी ३ कोटथोक
५. बालमाया रानामगर मैदी १ कमेरे
६. मनमाया पुलामी मैदी १ कमेरे

त्यस्तै दुर्घटनामा परि सामान्य घाइते हुनेहरुमा अन्य ८ जना रहेका छन् । जसको नामावलि तल दिइएको छ ।

७. सन्ध्या परियार मैदी ३ कोटथोक
८. लक्ष्मी श्रेष्ठ मैदी २ बतासे
९. मञ्जु श्रेष्ठ मैदी ३ माथिल्लो हटिया
१०. कोपिला श्रेष्ठ मैदी ३ हटिया
११. पौष तिवारी मैदी २
१२. रिजन श्रेष्ठ मैदी ३ माथिल्लो हटिया
१३. विष्णु श्रेष्ठ मैदी ३ माथिल्लो हटिया
१४. गोपाल बहादुर नेपाली चालक

२०७६ साउन २९ गते प्रकाशित

वि.सं.२०७६ साउन २९ बुधवार १२:१८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...