back
NMB ad

बहुमुल्य जडिबुटि शिलाजित खेर गयो

Kumari bank ad

काठमाडौं । बैतडीका भीरहरूमा पाइने बहुमूल्य जडीबुटी शिलाजित खेर गइरहेको छ । शिलाजितको उत्खनन र प्रशोधन हुन नसक्दा करोडौँ मूल्यका शिलाजित खेर गइरहेको हो । ठूलाठूला चट्टानहरूमा गर्मी महिनामा चुहिने शिलाजितको उचित सङ्कलन र प्रशोधन अहिलेसम्म हुन सकेको छैन ।

जिल्लाका धेरैजसो ठाउँमा शिलाजित भएपनि यसको उत्खनन र प्रशोधन हुन नसकेको आयुर्वेद औषधालय बैतडीका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए। गाउँघरमा परम्परागत रूपमा ठूलाठूला चट्टानका भीरहरुबाट स्थानीयहरुले निकालेर शिलाजित बनाउने गरेको तर व्यावसायिक रूपमा यसको उत्खनन र प्रशोधन राज्यका तर्फबाट हुन नसकेको उनले बताए । “शिलाजित हरेक बिरामीहरुका लागि उपयोगी छ”, उनले भने, “ शिलाजितलाई हरेक रोगमा ‘टनिक’का रूपमा प्रयोग गर्न सकिन्छ, चोटपटक लागेमा र शरीर दुख्ने समस्या भएका बिरामीहरुका लागि यसको बढी मात्रामा प्रयोग गर्ने गरिएको छ ।”

बजारमा शिलाजित ‘क्याप्सुल’को रूपमा पाइने र त्यो निकै महँगो हुने बताइएको छ । जिल्लाका ठूलाठूला भीरका चट्टान तथा ढुङ्गाहरु पग्लेर शिलाजित निस्कने गरेको आयुर्वेद औषधालय मुस्याचोरले जनाएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–१० झुलाघाट नजिकैको मौरा भीर, पञ्चेश्वरको बलाराभीर, सुर्नयाको रौलेश्वर भीरलगायत ठूलाठूला भीरहरुमा शिलाजितको खानी रहेको वरिष्ठ वैद्य कलौनीले बताए । शिलाजित दुई किसिमको हुने र भीरबाट सङ्कलन गरेर ल्याइएका शिलाजितयुक्त ढुङ्गाहरुबाट दुई किसिमको शिलाजित निकाल्न सकिने उनको भनाइ छ ।

शिलाजितलाई जडीबुटीहरूको राजा मानिन्छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजितमा पाइन्छ । सूर्यको किरणमा शिलाजितयुक्त ढुङ्गा राखेर त्यसबाट शिलाजित सङ्कलन गरिएमा त्यसलाई सूर्यतापी शिलाजित भन्ने गरिन्छ । शिलाजितयुक्त ढुंगालाई आगोमा गाईको गहुँतसँग पकाएर सङ्कलन गरेमा त्यसलाई अग्नितापी शिलाजित भन्ने गरिन्छ । भीरबाटै सङ्कलन गर्न सके निकै शुद्ध शिलाजित निस्कन्छ ।

बैतडी जिल्लामा शिलाजितसँगै ६२ भन्दा बढी अन्य जडिबुटी रहेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ । शिलाजितलाई पनि वनपैदावार जडीबुटीमै राखिएको डिभिजन वन अधिकृत केशव पराजुलीले बताए । बिरामीका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजितको निकै महत्व रहेको बताइन्छ । यौन दौर्बल्य अर्थात् नपुङ्सकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पाउँछ । विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलता लगायतका रोगहरू यसले निर्मूल बनाइदिन्छ ।

आयुर्वेदअनुसार शिलाजितको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजित हो । हेर्दाखेरि यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चम्किलो हुन्छ । उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजितको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुने आयुर्वेदका ज्ञाताहरू बताउँछन् ।

२०७६ साउन २९ गते प्रकाशित

वि.सं.२०७६ साउन २९ बुधवार १३:०८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...