back
NMB ad

नवजात शिशु बेच्न ४ लाख लिई कागजात मिलाउँदै गर्दा बाल मन्दिर निर्देशक पक्राउ

Kumari bank ad

काठमाडौं । शिशु बेचबिखनको आरोपमा नेपाल बाल संगठन, बाल मन्दिर नक्सालका निर्देशक बालकृष्ण डंगोल पक्राउ परेका छन् । साउन १२ गते बर्थिङ सेन्टरमा जन्मिएको शिशुलाई बेलायती नागरिकलाई बेचबिखनको सबै कागजात तयार पारिरहेको अवस्थामा डंगोललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार बर्थिङ सेन्टरसँग समेत मिलेमतो गरी डंगोलले बेलायती नागरिक डोना स्मिथलाई शिशु बिक्री गर्न खोजेका थिए । ‘चार लाख रुपैयाँसमेत लिइसकेको अवस्थामा पक्राउ गरिएको हो,’ प्रवक्ता बोगटीले भने ।

बेलायती नागरिक स्मिथ २६ जुलाईमा नेपाल आएकी थिइन् । डंगोलसँगै प्रहरीले स्मिथलाई पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालेको छ । ‘अहिले अनुसन्धान भइरहेको छ । बाल मन्दिरमा यस्ता अरू पनि घटना भएका हुन सक्छन् । खोजी गरिरहेका छौं,’ बोगटीले भने । रासस

२०७६ साउन ३० गते प्रकाशित

वि.सं.२०७६ साउन ३० बिहीवार १०:४४ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...