२१ लाख लागतमा ३१ सिसिटिभी जडान गर्दै भैरहवा

काठमाडौं । रुपन्देहीको सदरमुकाम भैरहवामा आपराधिक गतिविधि बढ्दै गएपछि निजी क्षेत्रको अग्रसरतामा सिसिटिभी जडान हुने भएको छ ।

भैरहवाको व्यस्त बजारमा चोरीलगायत आपराधिक गतिविधि बढ्दै गएपछि २१ लाख लगानी गरी नगरभित्र ३१ वटामा क्यामेरा जडान गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सिसिटिभी जडान कार्यान्वयन समिति बनाएर सिसिटिभी जडान गर्न लागेको छ ।

भैरहवामा रहेको गण्डकी विकास बैंक, कामना सेवा विकास बैंक, आइसिएफसी फाइनान्स र नेपाल एसबिआई बैंकले १ लाख ५ हजारका दरले सहयोग प्रदान गरेको छ ।गण्डकी विकास बैंक, कामना सेवा विकास बैंक र आइसिएफसी फाइनाइन्सले २५ हजारका दरले सहयोग गरेका छन् भने नेपाल एसबिआई बैंकले ३० हजार सहयोग गरेको हो ।

भैरहवाको अञ्चलपुरदेखि आँखा अस्पताल चोक, लुम्बिनी गेटदेखि मायादेवी फलफूल तरकारी बजार हुँदै बिपी पथ चोक र बजार क्षेत्र, मिलन चोक, विद्रोही चोकलगायत क्षेत्रमा सिसिटिभी जडान हुनेछ ।

२०७६ साउन ३० गते प्रकाशित

२०७६ साउन ३० गते १५:१७ मा प्रकाशित

You can share this post!

दलित आयोग तीन वर्षदेखि पदाधिकारीविहीन

दुर्गममा डेढ लाख क्विन्टल खाद्यान्न पठाइने, ४४ करोड खर्चेर ढुवानी

Related posts