back
NMB ad

दुर्गममा डेढ लाख क्विन्टल खाद्यान्न पठाइने, ४४ करोड खर्चेर ढुवानी

Kumari bank ad

काठमाडौ । सरकारले खाद्य असुरक्षा रहेका दुर्गम जिल्लामा यो वर्ष डेढ लाख क्विन्टल खाद्यान्न पठाउने भएको छ । जनतामा खाद्यान्नको पहुँच पु¥याउन खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी (साविक नेपाल खाद्य संस्थान) मार्फत एक लाख ४१ हजार क्विन्टल चामल पठाउन लागिएको हो ।

कम्पनीले एक लाख ६० हजार क्विन्टल पठाउन प्रस्ताव गरेको भए पनि ढुवानीका लागि स्वीकृत बजेटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर समावेश भएकाले एक लाख ४१ हजार क्विन्टल मात्र ढुवानी हुने कम्पनीले जनाएको छ ।

खाद्यान्नको जोखिम भएका दुर्गम २४ जिल्लामा ४४ करोड रुपैयाँ खर्चेर चामल ढुवानी गर्ने कम्पनीका बिक्री वितरण विभाग प्रमुख लालमोहन ठाकुरले बताए । ‘दुर्गमका जनतालाई सुलभ मूल्यमा चामल उपलब्ध गराउन ढुवानी गर्दैछौं,’ ठाकुरले भने, ‘ढुवानीका लागि ४४ करोड बजेट स्वीकृत भएको छ ।’

ताप्लेजुङ, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, मनाङ, गोरखा, मुस्ताङ, रुकुम, रोल्पा, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुलालाई प्राथमिकतामा राखेर खाद्यान्न पठाउँदै आएको छ ।

खाद्य असुरक्षामा रहेका कर्णालीसहित पहाडी र उच्च पहाडी जिल्लामा सरकारी खर्चमा ढुवानी गरेर चामल पु¥याइन्छ नागरिक दैनिका समाचार छ ।

२०७६ साउन ३० गते प्रकाशित

वि.सं.२०७६ साउन ३० बिहीवार १५:३४ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...