५९ लाख ८९ हजार नगद घुससहित ४७ जनालाई पक्राउ

दोलखा। सरकारले बैंकिङ सिस्टममार्फत हुने कारोबारमा निगरानी बढाएसँगै नगद घुस लेनदेन हुने कार्य बढेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा मातहतका कार्यालयले साउनमा मात्र गरेको स्टिङ अपरेसनले ५९ लाख ८९ हजार नगदसहित ४७ जनालाई पक्राउ गरेको छ ।

यो तथ्यांकले अख्तियारको सक्रियता बढेको हो वा भ्रष्टाचार बढेको छुट्ट्याउन मुस्किल हुने गरेको जानकारहरू बताउँछन । अख्तियारले साउनमा मात्र देशभर २६ वटा स्टिङ अपरेसन गरेको थियो।

बरामद भएको नगद र पक्राउ परेकाको संख्याको तुलनामा प्रतिव्यक्ति एक लाख २७ हजार रुपैयाँ नगदमा घुस लेनदेन भएको पाइएको छ । सेवाग्राहीसँग विभिन्न बहानामा २ हजारदेखि १५ लाखसम्म घुस लिएको पाइएको छ ।

सरकारले अर्काको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्नेको परिचयपत्र अनिवार्य गरेपछि घुस लिन पल्केकाहरू नगदतर्फ आकर्षित भएको अनुमान गर्न थालिएको अन्नपुर्ण पोष्टमा खवर छापिएको छ ।

२०७६ साउन ३१ गते प्रकाशित

२०७६ साउन ३१ गते १२:३७ मा प्रकाशित

You can share this post!

२ आर्थिक वर्ष बित्दा पनि साल्ट ट्रेडिङ कर्पोरेसनका शेयर सदस्यले पाएनन् नगद लाभांस

शेरबहादुर देउवा सहित ४ जनाको लगानी रेन्बो ट्राउटमा

Related posts