रसुवा । रसुवागढी नाकाबाट एक वर्षमा ४९ हजारवटा बाँसको मुडा चीन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाका अनुसार गएको वर्ष ४९ हजार चार सय ५१ मुडा चीन निर्यात भएको हो ।
नेपालमा बनेका बाँसको मुडाको माग चीनमा उच्च छ । चीनमा जाने मुडा कारागारहरूबाट संकलन गर्ने गरिएको व्यापारी मुकुन्द पौडेलले बताए । आर्थिक वर्ष ०७५/७६ मा एक करोड २३ लाख ६२ हजार सात सय ५० रुपैयाँ मूल्य बराबरको मुडा निर्यात भएको कार्यालयले जनाएको छ ।
नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर चीनको ल्हासा, सिगात्से, न्यालम र धिङ्ग्री लैजाने गरिएको नागरिक दैनिकमा खवर छापिएको छ ।
२०७६ भदौ १ मा प्रकाशित
वि.सं.२०७६ भदौ १ आइतवार ०८:२० मा प्रकाशित