back
NMB ad

व्यक्तिगत प्यान लिनेको संख्यामा वृद्धि

Kumari bank ad

बाँके । आन्तरिक राजस्व कार्यालय बाँकेमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या निकै बढेको छ ।  सरकारी तथा निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीले साउन १ गतेदेखि स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने अनिवार्य व्यवस्था लागू भएसँगै कार्यालयमा सेवाग्राहीको भीड लागेका हो ।

कार्यालयका अनुसार बिहीबारसम्म करिव ११ हजार जनाले व्यक्तिगत प्यान लिएका छन । एकमहिना नपुग्दै प्यान लिन आउनेको यो संख्या हालसम्मकै सवैभन्दा बढी भएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख कर अधिकृत प्रकाश पौडेलका अनुसार २०६६ सालमा व्यक्तिगत प्यान लिने व्यवस्था शुरु भएयता २०७६ असारसम्म करिव २८ हजारले लिएका थिए ।

तर सरकारले प्यान बिना दिइएको तलवको हिसाव खर्चमा देखाउन नपाउने व्यवस्था गरेपछि ३० दिनको अवधिमा ११ हजार बढीले प्यान लिइसकेका छन् ।

त्यस्तै सो अवधिमा ९ सय वटा व्यावसायिक प्यान वितरण भएको छ । अझै १ हजार ५ सय जति प्रकृयामा रहेको उनले जानकारी दिए । कार्यालयले साउन महिनाभित्र करिव १४ हजार प्यान वितरण गरिने अनुमान गरेको छ ।

२०७६ भदौ १ मा प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार ०९:३७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...