back
NMB ad

निजी स्वार्थ होइन, संस्थाको हितलाई सर्वोपरि ठान्नेलाई सहयोग गर्नुस: मन्त्री अर्याल

Kumari bank ad

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले निजी स्वार्थ नभएर संस्थागत स्वार्थलाई सर्वोपरि ठान्ने व्यक्तिलाई सहयोग गर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३२ अौं स्थापना दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

मन्त्री अर्यालले ऋण लिनको लागि मात्रै सदस्य बन्ने सदस्यले सहकारी संस्थाको हितमा काम नगर्ने बताउनुभयो । जब ऋण चाहियो तपाईंको सहकारी खोज्दै आउँछ । अन्य समयमा त्यो सहकारीका बारेमा कहिले केही गर्दैन आउदैन । त्यस्ता व्यक्तिलाई सहयोग नगर्नुस्, मन्त्री अर्यालले भन्नुभयो, सधैं तपाईंको सहकारीको हितमा काम गर्ने व्यक्तिलाई तपाईंको संस्थाको लगानीको प्राथमिकता बनोस् । लगानीको प्राथमिकता सहकारी संस्थाको हित चाहनेलाई हुनुपर्ने उहाँको भनाइ थियो । सहकारी संस्थाहरु अब लगानीमा केन्द्रित हुनुपर्ने बताउदै मन्त्री अर्यालले उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुन आग्रह गर्नुभयो । मन्त्री अर्याल भन्नुहुन्छ, अब लगानीका दिशामा अगाडि बढ्नुस । उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस । विषयगत सहकारी संस्था जसले उत्पादनमा हात हालेका छन् तर उनीहरूसँग पैसा छैन । ती संस्थालाई तपाई पैसा भएका संस्थाहरूले सहयोग गर्नुस् ।

सहकारी क्षेत्रबाट नियमावली नभएका कारण काम गर्न सकिएन भन्ने गुनासो आएपछि सहकारी क्षेत्र, सरोकारवाला सबैसँग छलफल, समन्वय गरेर नियमावली ल्याएको भन्दै अब कार्यान्वयन गर्ने जिम्मेवारी सहकारी क्षेत्रकै भएको मन्त्री अर्यालले बताउनुभयो । मन्त्रालयले भर्खरै सन्दर्भ ब्याजदर निर्धारण गरेको भन्दै मन्त्री अर्यालले यो पहिलोपटक गरिएको बताउनुभयो । सबै सहकारी संस्थामा एकरुपता कायम गर्नेगरी सन्दर्भ ब्याजदर निर्धारण गरिएको भन्दै मन्त्री अर्यालले कानुनका मातहतमा रहेर एउटै ब्याजदर निर्माण गरिएको बताउनुभयो । तर यस विषयमा केही गुनासो आएकाले यसबारेमा छलफल गर्न तयार रहेको बताउनुभयो । सहकारीले सबैभन्दा बढी आफ्ना सदस्यहरुको हितमा काम गर्नुपर्छ । यस विषयमा गुनासो आएको छ । यस विषयमा हामीले बुझ्नुपर्छु, मन्त्री अर्यालले भन्नुभयो, हामीलाई ठिक हो भन्ने लाग्यो, बेठीक हो भन्नेहरुका मत के छन् त्यो पनि बुझौ । हामी छलफलकै क्रममा छौ । छलफल गरेर जाउ, छलफलको बाटो हुदाहुदै फरक बाटोमा नजान अनुरोध गर्दछु । फरक बाटोको खोजी नगर्न र छलफलको बाटो रोज्न मन्त्री अर्यालले आग्रह गर्नुभयो ।

मन्त्रालयले सहकारी संस्था मर्जरको अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रकृया पुगेर मर्जरका निम्ति आएका संस्थाको काम एकदिन भन्दा बढी नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो, हामीले एक दिनमा काम सक्नेगरी विकागलाई भनिसकेका छौ । सबै कागज पुर्याएर ल्याउने काम तपाईहरुको हो । मन्त्री अर्यालले संस्थालाई इमान्दारी र नैतिकवान बनाउने जिम्मेवारी सहकारीकर्मीहरुकै भएको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्वमन्त्री केशव बडाल, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, नेकपाका नेता तथा सहकारी अभियन्ता पशुपति चौलागाईं, पूर्व मन्त्री सुरेन्द्र पाण्डे, नेफ्सकुनका पुर्व महासचिव तथा सांसद घनश्याम खतिवडा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नेफ्सकुनका अध्यक्ष डिबी बस्नेतले समग्र सहकारी क्षेत्रलाई राम्रो बनाउन लाग्‍नुपर्ने बताउनुभएको थियो ।

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार ११:३२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...