back
NMB ad

 नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

Kumari bank ad

काठमाडौँ  । नेपाल कवाडी मजदुर व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको बालाजु स्थित सिङ्गस पार्टी भेन्युमा आयोजित एक भव्य कार्यक्रमकाबीच संघको साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा संघका सचिव शुक्र बहादुर लामाले वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । उनले कवाडी व्यवसायीहरुको हकहीत र अधिकारकोलागि संघर्ष गर्दै संघले २९ वर्षको समय व्यतित गरेको बताए । कवाडी व्यवसायीहरुको हितको लागि आफू लागिपरेको बताउँदै उनले आगामी दिनमा आफ्नो भूमिका अझ सशक्त बनाउने बताए । फोहोरलाई मोहर बनाउँदै कवाडी व्यवसायीहरुले स्वरोजगार र राज्यलाई कर तिरिरहेकोले राज्यले उचित सम्मान गर्नु पर्ने उनले बताए । कार्यक्रमका सहभागीहरुलाई स्वागत संघको काठमाडौँ जिल्ला अध्यक्ष सञ्जय यादवले कवाडी व्यवसायीहरु साना व्यवसायी भएकोले सरकारले सोही अनुसार व्यवहार गर्नु पर्ने बताए । ठूला व्यवसायीहरुले साना व्यवसायीलाई हेर्ने दृष्टिकोण पनि गलत रहेको उल्लेख गर्दै उनले यो अवस्थाले व्यवसाय गर्न समस्या भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रमेश खरेलले कवाडी व्यवसायीहरुले देशकोलागि ठूलो बलिदान र योगदान गरेको उल्लेख गरे । आफूले २९ वर्ष नेपाल प्रहरीमा जागिर खाँदा नियमित भेटघाट, छलफल र सहकार्य भएको उल्लेख गर्दै भविष्यमा पनि यसलाई आफूले निरन्तरता दिने उल्लेख गरे । कवाडी व्यवसायीलाई आफूले उच्च दर्जाको नागरिक ठानेको उनले बताए । ‘देश सफा, स्वच्छ, सुन्दर हुन तपाईंहरुको ठूलो हात छ’ उनले भने, ‘तपाईंहरुलाई अर्को पनि जिम्मेवारी थपिएको छ । तपाईंहरुले यहाँ भएका विसंगती, विकृतिहरुलाई पनि सफा गर्नुपर्छ । तपाईंहरु यसमा पनि सहभागी हुनुपर्छ ।’

देशमा भएका विकृति विसङ्गति, भ्रष्टाचार, अपराधमा पनि कवाडी व्यवसायीहरुको योगदान हुनुपर्ने उल्लेख गरे । अब कवाडी टिप्ने मात्रै होइन देशको हरेक प्रकारको फोहर पनि टिपेर फाल्नु पर्ने उनले बताए । यो देशको नागरिक र देशका कुना कुना पुगेको नागरिकको हैसियतले आफूले देखेको, बुझेको, जानेको कुरा नेपाल प्रहरीलाई सेयर गरेर सहकार्य गर्न पनि उनले आग्रह गरे ।
त्यसको लागि आफू पनि सक्षम र अनुशासित हुनु पर्ने उल्लेख गरे । नेपालको संविधान र कानुनले के अधिकार दिएको छ त्यो बुझ्न जरुरी रहेको बताउँदै उनले आफ्ना कर्तव्य पनि भुल्न नहुने उल्लेख गरे । आफू हाल नेपाल प्रहरीमा नभए पनि एक नेपाली नागरिकको हैसियतले कवाडी व्यवसायीहरुलाई सहयोग गर्न तत्पर रहेको बताए । व्यवसायीको साथमा संघ छ र संघको साथमा म छु भन्दै खरेलले देशको नागरिकको हैसियतले के दिन सकिन्छ इमान्दारीपूर्वक दिन पनि व्यवसायीहरुलाई आग्रह गरे ।

संघका सल्लाहकार विवेक सिलवालले सरकारी नियम र कानूनले व्यवसायीहरु मारमा परेको उल्लेख गरे । कवाडी व्यवसायीलाई भ्याटमा जान अनिवार्य गरेपछि समस्या परेको उल्लेख गरे । कवाडी मजदुर व्यवसायीहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै सिलवालले आफ्नो व्यवसाय र रोजगारी बचाउन लाग्नु पर्ने उल्लेख गरे । सरकारले कवाडी व्यवसायीमाथि लगाएको १३ प्रतिशत भ्याटको निर्णय तत्काल फिर्ता गर्न माग गरे । यसको विरुद्धमा व्यवसायीहरु सडकमा आउन पनि तयार रहेको उनले चेतावनी दिए । नेपाल तामाङ घेदुङ संघका अध्यक्ष वीरबहादुर योञ्जनले वार्षिक साधारण सभाको सफलताको कामना गर्दै नवनिर्वाचित जिल्ला र क्षेत्रीय कमिटीका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिए ।

आफ्नो अधिकार प्राप्तिको लागि लड्नै पर्ने बाध्यता रहेको बताउँदै नेपाल आम आद्मी पार्टीकी कोषाध्यक्ष मधुमाया यादवले १३ प्रतिशत भ्याट लगाउने कुरा ठीक नभएको बताइन् । यो मजदुरको घाँटी च्याप्ने काम भएको भन्दै यसको विरुद्धमा आवाज उठाउन आम आद्मी पार्टी मजदुरको पक्षमा रहेको उनले बताइन् । मजदुरप्रति दुव्र्यवहार भइरहेको बताउँदै उनले सडकमा मजदुरी गर्नेको कुनै दोष नरहेको तर राज्यले सुरक्षा दिन पनि नसकेको बताइन् । ‘ठूला कुरा गर्नेदेखि के काम गरेका छन् र सिंगापुर गएर रेष्ट गर्नु पर्ने प्रधानमन्त्रीलाई ? उनले प्रश्न गर्दै भनिन्, ‘छिमेकी भारतका प्रधानमन्त्रीबाट पनि केही सिक्न जरुरी छ ।’ नेपालमा कुरा मात्रै गर्ने काम नगर्ने चलन बसेको भन्दै कोषाध्यक्ष यादवले मजदुरहरु मात्रै स्वच्छ र इमान्दार रहेको उल्लेख गरिन् ।

कार्यक्रमको समापनमा बोल्दै सभापति तथा संघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र लामाले १३ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरे । सरकारको यो निर्णयले व्यवसायीहरु पलायन हुने र लाखौँको रोजगारी गुम्ने अवस्था रहेको बताउँदै अध्यक्ष लामाले यस विषयमा सरकार संवेदनशील बन्न आग्रह गरे । कार्यक्रममा काठमाडौँ जिल्ला समिति, गंगबु क्षेत्रीय समिति र कालिमाटी क्षेत्रीय समिति पनि गठन गरिएको थियो ।

२०७६ भदौ १ गते प्रकाशित

वि.सं.२०७६ भदौ १ आइतवार १२:३६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...