यूनाइटेड इन्स्योरेन्सले २४०% हकप्रद शेयर आजदेखि जारी गर्ने

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद शेयर आज( भदौ ३) देखि जारी गर्ने भएको छ ।
कम्पनीले असोज ६ गतेसम्मका लागि १ बराबर २ दशमलव ४ को अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

हकप्रद प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज गरेकाले साउन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न सक्नेछन ।

कम्पनीको हकप्रद विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हाल कायम चुक्तापूँजी रू. ३० करोड २४ लाख रुपैयाँबाट हकप्रद निष्कासन गर्न लागेको हो ।

हकप्रद विक्रीपछि चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ । यस हकप्रदलाई इक्रा नेपालले औषतभन्दा कमजोर आधार जनाउने इक्रा ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

२०७६ भदौ ३ गते प्रकाशित

२०७६ भदौ ३ गते ०७:२० मा प्रकाशित

You can share this post!

राजश्व चुहावटको सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था

७० अर्ब २१ करोड बीमाशुल्क संकलन

Related posts