७० अर्ब २१ करोड बीमाशुल्क संकलन

काठमाडौं । निजीक्षेत्रका १८ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ मा बीमाशुल्क बापत ७० अर्ब २१ करोड रुपैयाँ संकलन गरेका छन ।

उक्त कारोबारबाट उनीहरूले ३ अर्ब ६ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका छन । कम्पनीको बीमांकीय मूल्यांकनपछि खुद नाफा अरू बढ्नेछ ।

अघिल्लो आव (२०७४/७५) मा उनीहरूले ४७ अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क उठाएका थिए । आव २०७५/७६ मा बीमाशुल्क संकलन ४६.७३ प्रतिशतले बढेको हो । आर्थिक अभियान दैनिकमा समाचार छ ।

२०७६ भदौ ३ गते प्रकाशित

२०७६ भदौ ३ गते ०७:३३ मा प्रकाशित

You can share this post!

यूनाइटेड इन्स्योरेन्सले २४०% हकप्रद शेयर आजदेखि जारी गर्ने

निजामती कर्मचारीको उमेर हद ६० वर्ष

Related posts