इटहरी १८ वालमैत्री वडा घोषणा

इटहरी । इटहरीको १८ नम्वर वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । कृर्षि तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले एक समारोहका विच वालमैत्री वडा घोषणा गर्नुभयो । वडा नम्वर १८ वालमैत्री वडा घोषणा हुने इटहरीकै पहिलो वडा हो ।

घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री चौधरीले वालवालिकालाई अघि वढाउन नसके समाज अघि वढन नसक्ने वताउनुभयो । १८ नम्वर वडा इटहरीकै पहिलो वालमैत्री वडा भएकोमा उहाँले वधाई ज्ञापन गर्नुभयो । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर १८ वाट सुरु भएको वालमैत्री घोषणा अभियानलाई सवै वडामा पुरयाएर वालमैत्री उपमहानगर घोषणा गरिने वताउनुभयो ।

सामाजिक विकास तथा स्वास्थ्यमहाशाखा प्रमुख भोजकला दवाडीले वालवालिकाका लागि गरिएको लगानीले सुनौलो विहानी ल्याउने वताउनुभयो । वडानम्वर १८ का वडाध्यक्ष रामकुमार चौधरीले ३९ वटा सूचक पूरा गरेर वालमैत्री वडा घोषणा गरिएको जानकारी दिनुभयो । घोषणा गरेर मात्र नभई कार्यावन्यनका लागि लागि पर्ने उहाँको प्रतिवद्धता छ ।

२०७६ भदौ ३ गते प्रकाशित

२०७६ भदौ ३ गते १०:३२ मा प्रकाशित

You can share this post!

देशभर १२ लाख ९५ हजार हेक्टर जमिनमा ९४.४३% रोपाइँ

सम्पत्तिको प्रमाणपत्र अनलाइन प्रणालीबाट जारी गर्ने कार्यको सुरुवात

Related posts