back
NMB ad

अमेरिकी अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेको आपत्ति

Kumari bank ad

बेइजिङ । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई अमेरिकी सेवा र वस्तु बिक्री गर्न यसअघि लगाइएको प्रतिबन्ध अरु तीन महिना बढाउने अमेरिकी प्रशासनको निर्णयप्रति हुवावेले अन्यायपूर्ण कदम भन्दै आपत्ति जनाएको छ ।

चीनका लागि गुप्तचरी गरेको भन्दै हुवावेलाई प्रविधि र अन्य सामान बिक्री गर्न अमेरिकी कम्पनीमाथि रोक लगाइएको छ ।अमेरिकी बाणिज्य विभागले अमेरिकी कम्पनीमाथि हुवावेलाई सेवा र वस्तु खरिद बिक्रीमा रोक लगाएको यो दोस्रो पटक हो ।

पहिलो पटक लगाइएको तीन महिने प्रतिबन्ध समाप्त भएलगत्तै तीन महिना थप गरिएको हो । बाणिज्य विभागले हुवावेसँग कारोबार गर्ने ४६ कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ । हुवावेसँग कारोबार गर्ने १०० भन्दा बढी कम्पनी रहेका छन् र अरुमाथि पनि यस्तै रोक लगाइने सम्भावना रहेको छ ।

अमेरिकी अधिकारीहरुले यसै वर्षको शुरुमा पहिलो पटक प्रतिबन्धहरु घोषणा गरेका थिए । हुवावेले चिनियाँ गुप्तचर निकायलाई गोप्य सूचना संकलन गरी उपलब्ध गराउने र त्यसबाट राष्ट्रिय सुरक्षामै खतरा उत्पन्न हुने अमेरिकी तर्क छ । तर हुवावेले अमेरिकी तर्क हास्यास्पद भन्दै आफू विशुद्ध व्यावसायिक संस्था रहेको दाबी गर्दै आएको छ ।

पछिल्लो अमेरिकी प्रतिबन्धका बारेमा विज्ञप्ति जारी गर्दै हुवावेले भनेको छ, “प्रस्टै छ कि यो निर्णय राजनीतिक प्रेरित छ र यसको राष्ट्रिय सुरक्षासँग कुनै सम्बन्ध नै छैन । अमेरिकी कदमले खुला बजार प्रतिस्पर्धाका आधारभूत सिद्धान्तलाई उल्लंघन गरेको छ ।”

हुवावेले अगाडि भनेको छ, “अमेरिकी प्रतिबन्धहरु कसैको हितमा छैनन्, र यो अमेरिकी कम्पनीको पक्षमा पनि छैन । हुवावेको व्यवसायलाई दबाउने अमेरिकी प्रयत्नले अन्ततः अमेरिकालाई नै हानि गर्नेछ, र प्रविधि क्षेत्रको अगुवा हुने अमेरिकी चाहनालाई ठेस पु¥याउनेछ ।”

सोमबारको अमेरिकी कदमपछि पनि हुवावेले अमेरिकामा निर्मित सेमिकन्डक्टर्स र स्मार्टफोन एवं नेटवर्क उपकरणमा आवश्यक अरु सामग्री खरिद गर्न सक्नेछ । अमेरिकी दूरसंचार कम्पनीहरुले हुवावेका नेटवर्किङ उपकरण किन्न सक्नेछन् ।

यसै महिनाको शुरुमा हुवावेले आफ्नै हार्मोनीओएस अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । अमेरिकी प्रतिबन्धका कारण गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम हुवावेका स्मार्टफोन र अरु उपकरणमा प्रयोग गर्न नपाउने सम्भावना बढेपछि हुवावेले आफ्नै अपरेटिङ सिस्टम प्रयोगमा ल्याउन थालेको हो । रासस/एएफपी

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार १२:४७ मा प्रकाशित

You can share this post!

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...