back
NMB ad

आठ वर्षसम्म बनेन भवन, ६ करोडले बढ्यो लागत

Kumari bank ad

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र सरकारी भवन निर्माण गर्न सामान्यतया कति वर्ष लाग्छ भन्ने जवाफ स्वयं सरकारी निकायसित छैन ।

सम्झौता भएको आठवर्ष बित्न लाग्यो, चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ भवन कहिले बन्छ र अस्पताल सञ्चालनमा आउँछ रु यसको उत्तर छैन–शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या तथा शहरी विकास मन्त्रालयसित ।

प्रतिनिधिसभा, स्वास्थ्य तथा शिक्षा समितिले पटक–पटक ती तीन मन्त्रालयसहित त्रिभुवन विश्व –विद्यालयसित समेत सो प्रश्नको लिखित जवाफ माग ग¥यो तर ती निकायले भवन निर्माण गरी अस्पताल सञ्चालनमा आउने सम्भावित मितिसहितको जवाफ हालसम्म उक्त समितिलाई दिएका छैनन ।

“गैरजिम्मेवारीको पराकाष्ठ बढ्योे । अति भो । समय सीमा हुन्छ निरु यस्तो हुन्छ रु अब ती मन्त्रालयका उच्च नेतृत्वसित एकपटक छलफल गर्छांै । के भन्नुहुँदो रहेछ कुरा सुन्छाँै । अनि उचित निर्देशन समितिले सरकारलाई दिन्छ ।” समितिका सभापति जयपुरी घर्ती आजको बैठकमा कडा रुपमा प्रस्तुत हुनुभयो।

उहाँका अनुसार समितिले सो भवन निर्माणबारे के भइराखेको छ रु अस्पताल कहिलेदेखि सञ्चालनमा आउँछ रु भन्ने जवाफ ती मन्त्रालयसित पछिल्लो पटक साउनको पहिलो हप्ता लिखित रुपमा जवाफ माग गरेको थियो तर ती निकायले समितिलाई हालसम्म कुनै जवाफ दिएका छैनन ।

ती मन्त्रालयले जवाफ नफर्काएपछि समितिको बैठकले बुधबार ती मन्त्रालयका मन्त्री÷जिम्मेवार पदाधिकारीलाई बैठकमा आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ । उहाँले भन्नुभयो,“भवन निर्माण र क्यान्सर अस्पताल सञ्चालन नहुँदा क्यान्सरका बिरामी धेरै समस्यामा परेका छन् । सरकारले छिटोभन्दा छिटो अस्पताल सञ्चालनमा ल्याउनुपर्छ ।”

भवनको लागत रु ६ करोड बढ्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०६८ मङ्सिर २८ गते तीनवर्ष भित्रै सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसित सम्झौता गरेको थियो ।

निर्माण सम्पन्न हुनुपर्ने अन्तिम मिति २०७१ साल मङ्सिर २७ गतेसम्म थियो । सम्झौता रकम मूल्य अभिवृद्धि करसहित रु ५५ करोड ५१ लाख २८ हजार ६४० थियो तर समयमै निर्माण पूरा नभएपछि मन्त्रालयले २०७२ साल मङ्सिर २७ गते एकवर्षसम्मका लागि म्याद थप गरेको थियो । दोस्रो पटक थपिएको म्यादमा निर्माण नभएपछि मन्त्रालयले तेस्रो पटक २०७३ साल चैत ११ गते पुनः म्याद थप गरेको थियो ।

तेस्रो पटक म्याद थप गर्दा ‘म्याद थप भएको मितिले ११ महीनाभित्र अनिवार्य रुपमा कार्य सम्पन्न गर्नेगरी पुनः तेस्रो पटक अन्तिम पटकका लागि म्याद थप गर्ने र थपिएको म्यादभित्र पनि उक्त निर्माण सम्पन्न नभएमा नियमानुसार क्षतिपूर्ति असुल गर्ने गरी कार्यान्वयन गर्नसमेत स्वीकृत दिने निर्णय गरियो’ भनिएको थियो ।

शहरी विकास मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई भवन निर्माणको कार्य प्रगतिबारे २०७४ साल चैत १६ गते यस्तो जानकारी दिएको थियो । जानकारी पत्रमा ‘विसं २०७४ को चुनाव र निर्माणस्थलमा दुर्घटना भई एक कामदारको मृत्युका कारण काममा अवरोध भएकाले पुनः एक पटकका लागि म्याद थप हुन अनुरोध भई आएमा तर पटक पटक म्याद थप भएको समयमा पनि निर्माण सम्पन्न नभएकाले भेरिएशन स्वीकृत र म्याद थपको प्रक्रिया अगाडि नबढेको कुरा अनुरोध छ ।”

निर्माण व्यवसायीले भवनको कूल भेरिएशनमा दश प्रतिशत लागत बढाएको छ । अहिले भवनको लागत रु ६१ करोड २१ लाख ८७ हजार ५८७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले बहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माणलाई राखेको थियो ।

निर्माण व्यवसायीलाई कारवाही गर्न माग
बैठकमा समितिका सदस्यले एकै स्वरमा समयमा निर्माण नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखी कारवाही अगाडि बढाउन सरकारसित माग गर्नुभएको थियो ।

समितिका सदस्य चित्रलेखा यादवले भन्नुभयो, “यो गैरजिम्मेवारीको पराकाष्ठ हो, सरकारले समयमा भवन नबनाउने ठेकेदार कम्पनीलाई कारवाही गर्नुपर्छ । भवनको लागत बढाउन हुँदैन ।” समितिका सदस्यद्वय उमाकान्त चौधरी र उमेश श्रेष्ठले भन्नुभयो, “दश प्रतिशत भेरिएशन बढाउन हुँदैन । मन्त्रालयको अनुगमन फितलो हुँदाको परिणाम हो ।”

समितिका सदस्य अञ्जना विशङ्खेले समयमा क्यान्सर उपचार केन्द्र सञ्चालनमा आउन नसक्दा बिरामीले दुःख पाउनु परेकातर्फ सरकारले ध्यान दिनुपर्छ भन्नुभयो ।

समितिका सदस्य एकवाल मियाँ, नारायण मरासिनी, सन्तकुमार थारू, हितबहादुर तमाङ, जीवनराम श्रेष्ठ, सरिता न्यौपाने र मनकुमारी जिसीले ठेक्का रद्द गर्न र निर्माण व्यवसायी कम्पनीलाई कारवाही गरी क्षतिपूर्ति भराउनुपर्नेमा जोड दिनुभयो । -रासस

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार १४:११ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...