back
NMB ad

कृषि विकास बैंकले गर्यो साढे ५७ करोड नाफा

Kumari bank ad

विराटनगर । कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा कूल ५७ करोड ५२ लाख १२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकले १४ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ लगानी गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा १४ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ लगानी गरी ९८ प्रतिशत प्रगति हासिल गरेको बैंकले जनाएको छ ।

अघिल्लो आवमा बैंकले १२ अर्ब ८९ करोड ९४ लाख ४७ हजार रुपैयाँ लगानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष एक अर्ब ६२ करोड ३६ लाख ६५ हजार रुपैयाँभन्दा बढी रकम लगानी गरेको बैंकका सूचना अधिकारी जीवन घिमिरेले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा आठ अर्ब ४३ करोड ३४ लाख निक्षेप सङ्कल गर्ने लक्ष्य लिएको बैंकले सो अवधिमा सात अर्ब ४२ करोड ९६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८८ प्रतिशत प्रगति हासिल गरेको छ ।

यो लक्ष्यको तुलनामा एक अर्ब तीन करोड ३८ लाख रुपैयाँ कमी हो । बैंकले गरेको लगानीमा शङ्कास्पद नेक्सानी व्यवस्थामा ३३ करोड ४९ लाख ८२ हजार रुपैयाँ रकम राखेको छ ।

बैंकले गत आर्थिक वर्ष कृषि कर्जातर्फ इलाममा चार अर्ब ३५ करोड ६५ लाख रुपैयाँ, झापामा आठ अर्ब ६५ लाख ८५ करोड रुपैयाँ, धनुकटा र तेह्रथुममा एक अर्ब ८९ करोड, सुनसरीमा एक अर्ब २० करोड र मोरङमा एक अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै उद्योगतर्फ इलाममा एक करोड १७ लाख, झापामा सात करोड ७७ लाख, धनकुटा र तेह्रथुममा ७१ लाख, सुनसरीमा सात करोड ९३ लाख र मोरङमा दुई करोड ६० लाख रुपैयाँ लगानी गरेको बैंकले जनाएको छ ।

कूल एक लाख ४६ हजार ४३० सेवाग्राही रहेको बैंकमा ५४ हजार १६७ जना सक्रिय छन् । मेची र कोशी अञ्चल कार्यक्षेत्र रहेको बैंकमा ३३ वटा शाखा, एक क्षेत्रीय कार्यालय र मोरङमा एक तालीम केन्द्र छन ।

बैंकले खानी, कृषि, उद्योग, होटेल तथा पर्यटन, निर्माणसम्बन्धी, घरायसी कर्जा, आयात–निर्यात कर्जा, जलविद्युत, चिया र अलैँची, नगदेबाली जस्ता क्षेत्रमा लगानी गर्नुका अतिरिक्त सरकारको अनुदानको काम, सरकारी कारोवार, स्थानीय निकायको खाता, सामाजिक सुरक्षा भत्ता वितरण, वन र विद्यालयमा संस्थागत उत्तरदायी निर्वाह गर्दै विदेशी मुद्रा खरीद– बिक्री गर्ने गर्दछन । -रासस

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार १४:२८ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...