back
NMB ad

राष्ट्रिय प्रसारणमा ९.९ मेगावाट थपिँदै

Kumari bank ad

ताप्लेजुङ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गरेको इँवाखोला जलविद्युत् आयोजनाको उत्पादन एक साताभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

पूर्वी ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इँवाखोलाबाट उत्पादन गर्न लागिएको ९.९ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै अबको हप्ता दिनभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो ।

इँवाखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २०७३ माघदेखि निर्माणको कार्य सुरु गरेको थियो ।

२०७४ चैतभित्र विद्युत् परीक्षण गर्ने लक्ष्य राखेर निर्माण कार्य सुरु गरिएको आयोजनाको करिब एक वर्ष ढिला गरी योजना सम्पन्न भएको हो ।

निजी क्षेत्रको लगानी रहेको आयोजनाको कामलाई लक्ष्यअनुसार नै तीव्रता दिएको र बीचमा पहिरोले झन्डै एक सय मिटर दूरी बराबर पाइपलाइनमा क्षति पुर्याएका कारण काम सम्पन्न गर्नलाई एक वर्षजति ढिलो भएको आयोजनाले जनाएको छ ।

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार १५:५३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...