back
NMB ad

केन्या प्रहरी द्वारा लागू औषध कारोबारमा संङ्लग अभियोगमा पक्राउ परेकी नेपाली महिला रिहा

Kumari bank ad

स्पेन ।  केन्या प्रहरीले सामुद्रिक तटअवस्थित शहर माम्बासामा लागू औषध कारोबारको गरेको आशंकामा नेपाली मुलकी सुस्मिता कार्कीलाई छानविन पछि त्यहाँको अदालतले रिहा गरेको छ ।

केन्यामा लागू औषध कारोबारको निम्ति कुख्यात भारतीय मूलका उच्च घरानाको ब्यापारी अलि पुन्जानीको घरबाट गिरफ्तार कार्कीले आफूलाई पुन्जानीकी श्रीमती भएको दावी गरेकी छिन् ।

माम्बासाको न्यालीमा अवस्थित भब्य बंगालामा पुलिसले छापा मार्दा सँगै पक्राउ परेका शिव प्रसाद वस्यालपनि संगै रिहा भएका छन् ।

नैरोबीमा अवस्थित नेपाली कन्सूलको कार्यालयमा कार्यरत एडिथले जनाए अनुसार उनीहरु दुवैजना नेपाली भएको पुष्टि समेत गरेका छन् । तीन दिनको हिरासत पछि उनीहरु पुलिसको निगरानीमा रहने गरी रिहा भएको त्यहाँको संञ्चार माध्यमहरूले जनाएका छन् । रिहाइ भएपछि उनीहरु सकुशल र सुरक्षित छन् समेत रहेको त्यहाँ स्थीत नेपाली दुतावासले समेत जनाएको छ ।

भारतीय अभिनेत्री किम शर्माका पूर्व पति पुन्जानीको आकाश परिवार केन्यामा निकै ठूलो चर्चित ब्यापारिक घराना भएको बताइएको छ । भारतीय मूलका यी तीन भाइको पहुच त्यहाँको सरकारको माथिल्लो तहसम्म रहेको श्रोतको दावी समेत रहेको छ ।

दक्षिण अमेरिकाबाट अफ्रिकामा लागू औषध र हतियारको ओसारपसारको अभियोगमा अमेरिकी गुप्तचर निकाय एफबिआइले यिनका दुई भाइहरु बक्तास र इब्राहिमलाई केन्याबाट पक्रेर अमेरिका लगेको संञ्चार माध्यमहरूले जनाईएको छ ।

अमेरिकी जेलमा कैदबन्दी विताइरहेका उनीहरु अहिले अदालतको अन्तिम फैसलाको पर्खाइमा बसेका छन । अलि पुन्जानी भने मुटुको अपरेशनका लागि भन्दै भारतमा केहि समय देखि बस्दै आएका छन।

केन्याका रेस्टुरेन्ट एण्ड बारहरूमा नेपाली चेलीहरु पुर्याएर बेश्यावृत्तिमा समेत लगाइने गरेको समाचार सार्वजानिक भएपछि नेपाल सरकार र गैर आवासीय नेपाली संघको पहलमा गत महिना मात्रै नैरोबीबाट नेपाली चेलीहरुको सकुशल उद्दार गरिएको थियो । -एजेन्सी

२०७६ भदौ ३ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३ मंगलवार १६:४० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...