back
NMB ad

घाटको अभावमा मुस्लिम समुदाय, शव लैजाँदा ६० हजार खर्च

Kumari bank ad

बागलुङ । बागलुङको गलकोटमा वर्षौदेखि बसोबास गर्दै आएका मुस्लिम समुदायलाई घाट नजिक नहुँदा दाहसंस्कार गर्न समस्या हुने गरेको छ ।

मुस्लिम समुदायमा कसैको निधन भएमा कालीगण्डकीको छेउमा रहेको निरय घाटमा लगिने गरिएको छ । ‘कब्रकस्थान’ (घाट) नजिक नहुँदा मुस्लिम समुदायले शवलाई गलकोटबाट कालिगण्डकीसम्म लैजान ६० हजार भाडा तिर्नुपरेको छ ।

समुदायमा कसैको मृत्यु भएमा आर्थिक जोहो गर्न समस्या हुने गरेको छ । स्थानीय सरकारले घाट व्यवस्थापनका लागि चाँसो नदेखाउँदा मुस्लिम समुदाय समस्यामा परेका छन ।

आर्थिक रुपमा सम्पन्न हुनेले शवलाई कालिगण्डकीसम्म ल्याउने गरेपनि आर्थिक विपन्नता भएकाहरुलाई समुदायले रकम संकलन गरेर दिने गरेको स्थानीय साकिरा बानले बताउनुभयो ।

कुनै समय गाडी नपाउँदा शवलाई बोकेर घाटसम्म ल्याउनुपरेको मुस्लिम समुदायका स्थानीय रहमद हकिमले बताउनुभयो । मुस्लिम समुदायका शवलाई व्यवस्थापन गर्न जग्गाको व्यवस्था गर्नुपर्ने भएपनि समस्या उस्तै छ ।

घाट व्यवस्थापन नभएपछि बागलुङमा बसोबास गर्ने मुस्लिम समुदायले बेला–बेला सास्ती व्यहोर्नुपरेको छ । यसको उचित व्यवस्थापन गर्न उनीहरुले स्थानीय सरकारसँग माग गरेका छन ।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार ०९:५० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...