तीन सयले उकालो लाग्यो सुनको भाउ

काठमाडौं ।  केही दिन स्थिर रहेको सुनको मूल्य बुधबार फेरि बढेको छ । भदौ १ गतेदेखि स्थिर रहेको सुनको मूल्य ३ दिनपछि बुधबार फेरि तोलामा ३०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावला सुनको मूल्य ७१ हजार ३०० रुपैयाँमा काराबार भइरहेको छ।तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सुनको मुल्य बढेर ७१ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । बुधबार चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले बढेर ८३० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

२०७६ भदौ ४ गते प्रकाशित

२०७६ भदौ ४ गते १३:४१ मा प्रकाशित

You can share this post!

माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पूर्णरुपमा बिक्री

वर्षौंदेखि लाखौं मूल्यका सवारी साधन भन्सारै थला

Related posts