back
NMB ad

वर्षौंदेखि लाखौं मूल्यका सवारी साधन भन्सारै थला

Kumari bank ad

बाँके । नेपालगन्ज भन्सार कार्यालयमा लिलामी नहुँदा वर्षौंदेखि लाखौं मूल्यका सवारी साधनहरू थन्किएका छन ।

भन्सार तथा प्रहरीले अवैध रूपमा नियन्त्रणमा लिएका करिब २ सय ५० थान मोटरसाइकल र दुइटा जिपको मूल्यांकन गर्न ढिलाइ भएका कारण लिलाम प्रक्रिया सुरु नभएको हो ।

करिब पाँच वर्ष अघिदेखि नियन्त्रणमा लिएका चोरीका सवारी साधनहरू अझै लिलाम बिक्री हुन नसक्दा भन्सार कार्यालय परिसरमा थन्काइएका ती सवारी साधनहरू जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका छन ।

यातायात व्यवस्था कार्यालयको समन्वयमा मेकानिकल इन्जिनियरले बरामद सवारी साधनको मूल्यांकन र रकम तोकेपछि लिलाम हुने व्यवस्था छ । तर, कर्मचारी अभावको कारण जनाउँदै मूल्यांकन कार्य गर्न ढिलाइ भएको जनाइएको छ ।

समयमै लिलाम गरेको भए ती सवारी साधनबाट २ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान नेपालगन्ज भन्सार कार्यालयको छ ।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार १४:०० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...