back
NMB ad

हिमाल दोलखा हाइड्रोको ७६ करोडको आईपीओ भोलि (भदौ ५) बाँडफाँड

Kumari bank ad

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपीओ बिहीबार भोलि (भदौ ५ गते) बाँडफाँट हुने भएको छ ।  बिहीबार दिउँसो ४ बजे आइपीओ बाँडफाँट कार्यक्रम राखिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।

ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमलमा आइपीओ बाँडफाट गरिनेछ । हिमाल दोलखाले असार २५ देखि आइपीओ खुला गरेको थियो ।

यो आइपीओ भर्ने म्याद लम्बिएर साउन २४ गतेसम्म पुगेको थियो । पछि कम्पनीका सञ्चालक तथा प्रबन्धकहरुलाई समेत भर्न दिइएको थियो । सबै नबिकेपछि अन्डरराइटर समेत यो सेयर स्वीकारेका छन । हिमाल दोलखाले सर्वसाधारणका लागि ७४ लाख ९३ हजार ७६६ कित्ता आइपीओ खुला गरेको हो ।

यस कम्पनीले सर्वसाधारणलाई कुल ७६ लाख ७२ हजार २१० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये १ लाख ५३ हजार ४४४ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको हो । साथै, २५ हजार कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ ।

बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको थियो । हिमाल दोलखाले इलाम जिल्लामा दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला साना जलविद्युत ४.५ मेगावाट र माई खोला क्यास्केड जलविद्युत ८ मेगावाट छन।

माई साना जलविद्युतको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार ९४२ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत १६ करोड ११ लाख ४४ हजार ४३१ रुपैयाँ हुन आउँछ । यस्तै, माई खोला क्यास्केडको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार ८६७ रुपैयाँ छ ।

यसको प्रतिमेगावट लागत १७ करोड ८० लाख ८७ हजार ९८३ रुपैयाँ पर्छ । हिमाल दोलखाले आइपीओ बिक्री गरी चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ पुर्याउनेछ ।

कम्पनीले आव २०७६/७७ सम्ममा १२ करोड १२ लाख र आव २०७७।७८ मा १४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाउने अनुमान गरेको छ ।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार १६:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...