back
NMB ad

‘प्रहरी समायोजन विधेयक –२०७६’ स्वीकृत, पति–पत्नी एउटै प्रदेशमा बस्न पाउने

Kumari bank ad

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘प्रहरी समायोजन विधेयक–२०७६’ सर्वसम्मतिले स्वीकृत भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री राम बहादुर थापाले उक्त विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्ताव सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले विधेयक विभेद हटाउने ढङ्गले आएको भन्दै प्रहरीको इच्छाअनुसार समायोजन हुन पाउने व्यवस्था गरिएको बताउनुभयो ।

उहाँले लैङ्गिक विभेद गरिएको हो कि भन्ने सांसदहरुको प्रश्नमा समायोजन गर्दा कुनै विभेद नहुने गरी विधेयक आएको दावी गर्नुभयो ।

‘पति–पत्नीलाई एउटै प्रदेशमा समायोजन गर्ने भनेर विधेयक आएको छ । सरुवा र बृति विकासको सन्र्दभमा ध्यान पनि दिइएको छ,’ गृहमन्त्री थापाले पति–पत्नी प्रहरी भए एउटै प्रदेशमा बस्न पाउने गरी विधेयकमा व्यवस्था गरिएको जानकारी दिनुभयो ।

त्यस्तै एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन सक्ने तर निश्चित तहका प्रहरीलाई मात्रै त्यो व्यवस्था गरिएको थापाले बताउनुभयो । उहाँले नेपाल प्रहरी भनेको संघीय प्रहरी नै भएको भन्दै त्यसमा नअल्मलीन सुझाव दिनुभयो ।

२०७६ भदौ ५ गते प्रकाशित

वि.सं.२०७६ भदौ ५ बिहीवार ११:५५ मा प्रकाशित

You can share this post!

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...