हेटौंडा। हेटौंडाका विस्तारित वडाहरुमा सहज खानेपानीको पहुँच पुर्याउनको लागि संघीय र स्थानीय सरकारको सहलगानीमा हेटौंडामा वृहत खानेपानी आयोजना निर्माणको काम सुरु भएको छ ।
दुई वर्षभित्र सम्पन्न हुने आयोजनाबाट दैनिक २५ लाख लिटर पानी उत्पादन हुनेछ । बृहत खानेपानी आयोजनाको लागि १५ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन निकास आयोजनाको ७० प्रतिशत एवम् हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा खानेपानी ट्यांकी र डीप बारिङ निर्माणको काम सुरु गरिएको हो ।
हाल दैनिक एक करोड ३६ लाख लिटर पानी वितरण गरिरहेको छ । आयोजनाको निर्माण पूरा भएपछि दैनिक करिब २५ लाख लिटर पानी बढ्ने छ ।
हेटौंडाका विभिन्न वडाका १७ हजार एकसय ६१ जना ग्राहकले हाल बोर्डबाट खोपानी सेवा लिइरहेका छन ।
२०७६ भदौ ५ गते प्रकाशित
वि.सं.२०७६ भदौ ५ बिहीवार १३:०८ मा प्रकाशित