बनेपा । लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस काभ्रे पनौतीको आयोजनामा १२० जनालाई व्यावसायिक तालिम प्रदान गरिने भएको छ ।
क्लबको आयोजनामा पनौती नगरपालिका र लायन्स क्लबका डिस्ट्रिक गभर्नर इन्दु लम्सालको सहयोगमा पनौती नगरपालिकाभरिका १२० जनालाई तालिम प्रदान गरिने भएको हो ।
विद्युत, प्लम्बिङ र कार्पेन्टरसम्बन्धी तीन महीने तालीम हुने क्लबका पूर्वअध्यक्ष भोला थापाले बताउनुभयो । ‘तालिमका लागि डिस्ट्रिक गभर्नरबाट ८० र नगरपालिकाबाट २० जनालाई सहभागिता गराइनेछ,’ थापाले भन्नुभयोे, ‘त्यसका लागि पनौती नगरपालिकाबाट चार लाख र पनौती उद्योग वाणिज्य सङ्घबाट चार लाख गरी आठ लाखको चेकसमेत हस्तान्तरण भइसकेको छ ।’
तालिमका लागि अलकापुरी व्यावसायिक तालिम केन्द्रसँग समन्वय भइसकेको क्लबले जनाएको छ । नगरभित्रका युवा-युवतीहरुलाई व्यावसायिक सीपयुक्त बनाई आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको हो । -रासस
२०७६ भदौ ५ गते प्रकाशित
वि.सं.२०७६ भदौ ५ बिहीवार १६:२९ मा प्रकाशित