मुस्ताङमा १ करोड १४ लाखको सिंचाई सुविधा

मुस्ताङ । मुस्ताङ जिल्लाको चराङबासीमा १ करोड १४ लाख रुपैयाँको लागतमा सिंचाई आयोेजना सम्पन्न भएको छ ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका १ चराङमा ‘मेकी युरा सिंचाइ आयोजना’ निर्माण सम्पन्न भएको हो । यस आयोजना सम्पन्न भएपछि सिंचाई अभावमा कृषि उत्पादनबाट बञ्चित हुँदै आएका कृषकहरु लाभान्वित हुने छन ।

गण्डकी प्रदेश सरकारको ७९ लाख र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको ३५ लाख गरी कुल १ करोड १४ लाख रुपैयाँको लागतमा चराङ खोलादेखि साढें एक किलोमिटरको नहर निर्माण गरि सिंचाइको व्यवस्था मिलाइएको हो ।

यस जिल्लाको विकट स्थानमा सिंचाइ सुविधा पुुगेपछि चराङवासीले खुसी व्यक्त गरेका छन । सिंचाइ सुविधा पुगेपछि चराङमा अव उवा,फापर, तोरी, आलु, केराउ लगायत विभिन्न कृषि उत्पादनका साथै स्याउ उत्पादनमा समेत बृद्धि हुने बताइएको छ ।

२०७६ भदौ ५ गते प्रकाशित

२०७६ भदौ ५ गते १६:५९ मा प्रकाशित

You can share this post!

कर्णालीमा ५ हजार साना उद्योग थप

राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब

Related posts