काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैयमाससम्म ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ ।
बैंकले बिहीबार आयोजित साधारण सभामा नाफा सहित कारोबार अवस्था सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैयमाससम्म १ खर्व ९० अर्ब रुपैंया निक्षेप संकलन भएको र १ खर्ब ४४ अर्ब रुपैंया कर्जामा लगानी गरिएको बैंकले जनाएको छ ।
साधारण सभाले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता सम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ७ वटै प्रदेश र ७७ जिल्लामा बैकिङ सेवा पुर्याएको छ । मुलुकको विभिन्न ठाउँमा २ सय २२ शाखा कार्यालय, १ सय ७८ एटिएम, र ९३ शाखारहित बैंकिङ्ग सेवा प्रदान भइरहेको बैंकले जनाएको छ ।
२०७६ भदौ ५ गते प्रकाशित
वि.सं.२०७६ भदौ ५ बिहीवार १७:१० मा प्रकाशित