back
NMB ad

चिकित्सा शिक्षामा शुल्कवृद्धि र कामदारको तलबवृद्धिको माग राख्दै आन्दोलनको घोषणा

Kumari bank ad

काठमाडौ । चिकित्सा शिक्षामा अनियमितता र माफियातन्त्र मौलाएर जथाभावी शुल्क असुल्ने तर श्रमिकहरुमाथि शोषण गर्ने गरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गरी समितिले चिकित्सकको पारिश्रमिक वृद्धि देखि शिक्षाका नाममा जथाभावी लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको हो ।

समितिले भर्नाको हकमा पुनरावलोकन तथा कार्यान्वयन गरिनुपर्ने, विभिन्न विषयमा सरकारले तोकेको शुल्कको आधारसहित प्रष्ट पार्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब, सुरक्षा र अन्य सुविधाको व्यवस्था गरिनुपर्ने, पाठ्यक्रम परिमार्जन गरी प्रविधिमैत्री, गुणस्तरीय र विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउनुपर्ने, मेडिकल कलेजलाई सरकारले सहुलियतता प्रदान गरी मेडिकल कलेजले आम नागरिक र विद्यार्थीलाई सोही अनुसार सुविधा गर्नुपर्ने माग अघि सारेको छ । माग पूरा नभए कडा कदम चाल्न वाध्य हुने भनिएको छ ।

संघर्ष समितिका अध्यक्ष प्रकाश चन्दले सरकारले चिकित्सा शिक्षाको शुल्क बढाएकोमा जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकारले किन शुल्कवृद्धि गरेको हो जवाफ दिनुपर्छ ।’ सरकार आफै विधेयक बनाउने तर लागू नगर्ने गतिविधिमा संलग्न भएर चुकेको बताउनुभयो । मागहरु पूरा नभएसम्म आन्दोलनले अझ कडा रुप लिने चेतावनी दिनुभयो ।

चन्दले मेडिकल शिक्षामा भ्रमहरु फैलाइएको बताउनुभयो । चिकित्सकको पारिश्रमिक बढाउनुपर्ने भन्दै नेपाली समाजमा डक्टरहरु लुट्ने हुन भन्ने आम भ्रम फैलाइएकोतर्फ गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ,‘सरकार बजार भाउ बढाउने तर डक्टरको तलब नतोक्ने गतिविधि गरिरहेको छ ।’ एम बि बि ए पढ्ने डाक्टर र प्राविमा कार्यरत शिक्षकको तलब एउटै रहेको हुँदा यसमा पनि सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोडदिनुभयो ।

काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम एउटै रहेकोमा समान बनाइनुपर्ने माग गर्नुभयो । त्रिविको कोर्ष लामो भएको हुँदा यसलाई छोट्याउन सरकारले विचार गर्नुपर्ने जोड दिनुभयो । सरकारले एकोहोरो नियम बनाएको हुँदा मेडिकल कलेज मारमा परेको र सरकारले मेडिकल कलेजले तिर्नुपर्ने करमा केही सहुलियत दिएमा विद्यार्थीहरुलाई नै सहज हुने बताउनुभयो । यसमा सरकार र मेडिकल कलेजको समझदारी हुनुपर्ने र लोकसेवा आयोगमा उचित व्यवस्था हुनुपर्नेमा चन्दले जोड दिनुभयो ।

त्यस्तै राष्ट्रिय चिकित्साशास्त्रका संयोजक चन्दनरमण अधिकारीले आन्दोलन सफल बनाउनुपर्ने बताउनुभयो । विद्यार्थीले गरेका हरेक आन्दोलनका कार्यक्रमले यो क्षेत्रमा राम्रो काम गदै आएको र कुनै पनि चिकित्सालाई अगाडि बढाउनका लागि सबै एकजुट भएर आन्दोलन सफल पार्ने तर यसमा माफियाहरुको शक्ति भएकाले दबाउन खोजेको बताउनुभयो । तलबको समस्या आम चिकित्सा क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई भएको बताउनुभयो । ईन्ट्रान्सवाट आउने प्रतिस्पर्धी विद्यार्थीहरुका लागि ल्यावमा आवश्यक सामग्री छ छैन भनेर सधै डिनको अफिसरलाई गुहार्ने गरेको खुलाउनुभयो ।

सोही अवसरमा नेपाल डेन्टल एसोसिएसनका चिकित्सक दिपक ठाकुरले स्वास्थ्य क्षेत्र धमिराले खाएको अवस्था रहेको भन्दै देशमा स्वास्थ्य क्षेत्र नै समाप्त हुने खतरा औल्याउनुभयो । सरकारले लोकसेवा मार्फत चिकित्सकको सेवा सुविधा बढाउनुपर्ने बताउनुभयो । देशमा चिकित्सक उत्पादन गर्न विदेश जाने र नेपालमा फर्केपछि व्यवसायिकरण हुनेमा जोडदिनुभयो ।

त्यसैगरि, स्वतन्त्र विद्यार्थी संगठनका अध्यक्ष मिलन गैरेले विद्यार्थी लुट्ने मनशायले लिएको शुल्क फिर्ता नगरे कडा कदम चाल्ने चेतावनी दिनुभयो । २०५७ सालमा भएको सम्झौता अनुसार सरकारले तोकेको भन्दा बढी शुल्क लिएमा एक महिनाभित्र फिर्ता गर्ने रहेको तर ३८ देखि ४२ लाखसम्म सकिने अध्ययन क्षेत्रमा ५१ लाख पुगेकोमा ज्यादती भइरहेको बताउनुभयो । माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाँले विद्यार्थीको हितका लागि आन्दोलनका क्रममा त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय बन्द गर्दै आएको पनि बताउनुभएको थियो ।

गण्डकी मेडिकल कलेजका विद्यार्थी अनिल सिहंले अहिले सम्म ५१ चरण आन्दोलन गरिसकेको बताउनुभयो । विद्यार्थीबाट लिइएको अतिक्ति रकम एक महिनाभित्र फिर्ता गर्नुपर्ने, रकमको कारोबारमा विल र भौचर हुनुपर्ने र यसमा भएका विकृति विसंगतीको अन्त्य हुनुपर्नेमा जोडदिनुभयो । चिकित्सा अध्ययनलाई चुस्त, दुरुस्त, गुणस्तरीयता र मर्यादित बनाउन आम विद्यार्थीहरु लागि परेको जानकारी गराउनुभयो ।

त्यसैगरी, चितवन मेडिकल कलेजका डक्टर हेमराज भण्डारीले सेवा नै धर्म भएको तर सेवा जस्तो क्षेत्रलाई कमाई खाने भाँडो बनाइएको टिप्पणी गर्नुभयो । पारिश्रमीकमा शोषण, पैसा बढी लिएर कलेजले ठग्ने हुँदा विद्यार्थीको मात्र नभएर आम नेपालीको समस्या भएको बताउनुभयो । कलेज संचालन गरे अनुसार विद्यार्थीलाई सेवा दिनुपर्ने साथै चिकित्सा क्षेत्रमा २० लाखमा हुने पढाई करडौमा पुगेको हुँदा गरिबका लागि चिकित्सा शिक्षा कल्पनाको विषय भएको बताउनुभयो ।

सोही अवसरमा जानकी मेडिकल कलेजका ईन्टन डक्टर अर्विन अधिकारीले आन्दोलनमा जान वाध्य भएको बताउनुभयो । देशमा डाक्टर र विरामी विचको सम्बन्ध विग्रेको स्थिति रहेको र ईन्टनका डाक्टरहरुलाई एउटा प्रा .वि तहको शिक्षकको जतिपनि पारिश्रमीक नभएको भन्दै कलेजले श्रम शोषण गरेको बताउनुभयो । लाखौ विद्यार्थीमाथि चलखेल भएकोलेसंघर्ष गर्न तयार रहेको कुरा बताउनुभयो ।

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०९:१० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...