काठमाडौं। नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कोषले २२ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको हो ।
कम्पनीले लाभांस पारितका लागि भदौ ३० गते साधारणसभा डाकेको छ । कोषको शेयर पूँजी १ अर्ब १० करोड २३ लाख रुपैयाँ छ । कोषले गत आर्थिक बर्ष ४३ करोड ३९ लाख रुपैयाँ नाफा गरेको छ।
अघिल्लो बर्ष कोषको नाफा ३५ करोड ९३ लाख रुपैयाँ थियो । कोषको कुल आम्दानी ७९ करोड ८३ लाख रुपैयाँ छ। कोषको कुल खर्च २० करोड ५० लाख रुपैयाँ छ ।
कोषले एक बर्षमा ब्याज आम्दानी ४ करोड ७५ लाख गरेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी ७३ करोड ५० लाख रुपैयाँ गरेको छ ।
२०७६ भदौ ६ गते प्रकाशित
वि.सं.२०७६ भदौ ६ शुक्रवार १०:१३ मा प्रकाशित