back
NMB ad

अविरल वर्षाले कान्तिलोकपथमा ३० करोडको क्षति

Kumari bank ad

हेटौँडा । मकवानपुरबाट काठमाडौँ जाने पुरानो मार्गका रुपमा रहेको कान्तिलोकपथमा यस वर्ष आएको अविरल वर्षाले करीब ३० करोड रूपैयाँको क्षति पुर्याएको छ ।

६० वर्षअघि निर्माण प्रारम्भ भएको लोकपथ निर्माणको काम बर्सातको कारण क्षति पुगेपछि निर्माण सम्पन्न हुन अझ समय लाग्ने भएको छ ।

हालसम्म सडकको ७९ किलोमिटरमध्ये ४५ किलोमिटर कालोपत्र भइसकेको छ । असार र साउन महीनामा आएको वर्षासँगै कान्तिलोकपथको निर्माण चालू आवमा पनि नसकिने भएको छ ।

दशैँसम्म ठूला सवारी चलाउने लक्ष्य लिइए पनि वर्षाका कारण क्षति पुगेपछि त्यो लक्ष्य पूरा नहुने निश्चित भएको कान्तिलोकपथ आयोजनाका प्रमुख विनोद सापकोटाले बताउनुयो ।

उहाँका अनुसार चालू आव ०७६र७७ मा यो सडकमा कठिन चट्टाने पहिरो रहेकाले पाँच किलोमिटरबाहेक सबै खण्डमा कालोपत्र सकिनेछ । बाँकी पाँच किलोमिटर खण्डमा पनि सहज खालको ट्र्याक बनाएर अर्को आर्थिक वर्षमा आयोजनाको काम टुङ्ग्याइने उहाँले बताउनुभयो ।

गत आवमा नै सम्पन्न गर्ने उद्देश्य रहेको भए पनि बर्सातको कारण सडकमा ठूलो क्षति भएपछि निर्माण सम्पन्न हुन अझै केही समय लाग्ने जनाइएको छ ।

विभिन्न स्थानमा ठूलो पहिरा जानाका साथै सडक भासिएको कारण तोकिएको समयमा नै काम सम्पन्न गर्न कठिन भएको आयोजनाका प्रवक्ता अमीन्द्र खड्काले बताउनुभयो । वर्षाले क्षति गरेको कारण यस वर्ष लागेको ठेक्काबाहेकको काम गर्न नै करीब ३० करोड खर्चनुपर्ने देखिएको खड्काको भनाइ छ ।

यो आवमा ठूला मालवाहक र यात्रुवाहक सवारीलाई सञ्चालन योग्य बनाउने आयोजनाले लक्ष्य लिएको छ । यो सडकका लागि ०१४ सालमा ट्र्याक खोल्न शुरु गरेर ०१६ मा काम सकिएको थियो ।

तर त्यसपछि बागमती खोलामा पुल नबन्दा र केही चट्टाने भिरको क्षेत्रमा सडकको अवस्था नसुधारिएको कारण करीब ५० वर्ष यो सडक अलपत्र नै रहेकामा करीब एक दशकयता चासोपूर्वक निर्माणमा सरकार जुटेको हो । त्यसअनुसार निर्माण शुरु भएको ६० वर्षपछि यो राजमार्गमा कालोपत्र शुरु भएको हो ।

हालसम्म आयोजनाले मकवानपुरतर्फ ३० र ललितपुरतर्फ १५ किलोमिटर खण्डमा कालोपत्र गरिसकेको छ । अघिल्लो वर्षको दशैँमा नै सडकको निर्माण सक्ने भनिए पनि विस्फोटक पदार्थ अभावको कारण ढिलाइ भएको थियो ।

हाल आयोजनाले चट्टानयुक्त सडक क्षेत्रका लागि दुई वटा छुट्टै ठेक्का लगाएर ट्र्याक सहज बनाउने काम गरिरहेको छ ।
अन्य ट्र्याक खुलिसकेका खण्डमा कालोपत्र गरिँदैछ । ०६४ मा ब्युँतिएको यो आयोजनाले हालसम्म दुई अर्ब ५१ करोड खर्च गरेको आयोजना प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

काठमाडौँबाट कान्ति लोकपथको प्रस्थान विन्दु ललितपुरको सातदोबाटो हो । हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको यो सडकलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्न काम भइरहेको छ ।

कोरियाको सरकारी कम्पनीले लोकपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । मकवानपुरको सिमात, ललितपुरको काल्चे, झाँक्री डाँडालगायत क्षेत्रका सडकलाई फराकिलो बनाउन विस्फोटक पदार्थबाट पहरा फोडिएको आयोजनाले जनाएको छ ।

हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँ आउने २२६ र पालुङ हुँदै आउने १३६ किमी, हेटौँडा–दक्षिणकाली–काठमाडौँ सडकको विकल्पका रुपमा कान्तिलोकपथलाई हेरिएको छ ।

२०१६ सालदेखि नै एक लेनको कान्तिलोकपथमा सवारी चल्न शुरु गरे पनि ललितपुर र मकवानपुरको सीमा बागमती नदीमा पुल नबन्दा समस्या भएको थियो ।

ललितपुरतर्फको केही भागमा अझै बाटो फराकिलो बनाउनुपर्ने काम बाँकी नै छ । वर्षा सकिएसँगै निर्माणमा तीव्रता दिइने बताइएको छ । -रासस

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ६ शुक्रवार १५:१४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...