back
NMB ad

नेपाली सेनाको लेफ्टिनेन्टमा आवेदन कहाँ र कहिलेसम्म दिने !

Kumari bank ad

काठमाण्डौ । नेपाली सेनाले अधिकृत क्याडेट पदमा बुधबार २५० जनाका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि खुलातर्फ १३१ र अन्य समावेशीतर्फ ११९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

समावेशीतर्फ महिलाका लागि २२, आदिवासी जनजातिका लागि २६, मधेसीका लागि ३१, दलितका लागि १७, पिछडिएको क्षेत्रका लागि ६ र सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दागर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ७ वटा कोटा छुट्याइएको छ ।

दरखास्त भदौ ४ गतेबाट नै खुला गरिएको छ भने असोज २ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकिएको छ । दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म पनि दरखास्त दिन सकिने छ ।

शैक्षिक योग्यता र उमेर
दरखास्त दिनका लागि उम्मेदवारले कम्तीमा प्रमाणपत्र तह वा सो सरहरस्नातक तह वा सो सहर उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रमाणपत्र तह उत्तीर्ण गरेकाको उमेरको हद भने १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै स्नातक तह उत्तीर्ण उम्मेदवारको हकमा भने १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ ।

दरखास्त बुझाउने स्थानहरु
उम्मेदवार आफ्नो दरखास्त काठमाडौँस्थित भर्ना छनोट निर्देशनालय, इटहरीस्थित जंगी हड्डा, पूर्वी पृतना हे.क्वा., धनुषास्थित मध्य पूर्वी पृतना हे.क्वा., हेटौँडास्थित मध्य पृतना हे.क्वा., पोखरास्थित पश्चिम पृतना हे.क्वा., रुपन्देहीस्थित मध्यपश्चिम पृतना हे.क्वा., सुर्खेतस्थित उत्तरपश्चिम पृतना हे.क्वा.र दिपायलस्थित सुदूरपश्चिम पृतना हे.क्वा.मा बुझाउन सक्नेछन।

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ६ शुक्रवार १६:२१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...