back
NMB ad

यसपालीको दशैँमा नयाँ नोट नछाप्ने, सुकिला नोटले काम चलाउने

Kumari bank ad

काठमाण्डौ ।  नेपाल राष्ट्रबैंकले यसपालीको दशैँमा नयाँ नोट नछाप्ने योजना बनाएको छ । नयाँ नोट वर्षदिनमै झुत्रा हुने भएपछि बैंकले यो वर्ष केही दरका नयाँ नोट नछाप्ने योजाना बनाएको हो ।

बैंकले विशेषगरि दशैँमा धेरै प्रयोग हुने १०, २० र ५० रुपैयाँ दरका नोट नयाँ नछाप्ने र गोदामका रहेका सुकिला नोट प्रयोग गर्ने तयारी गरेको छ ।

५, १००, ५०० र १००० दरका नोट भने नयाँ छपाइ गरिने राष्ट्रबैंकले जनाएको छ । वर्षेनी दशैँमा नोट छपाइमा मात्रै १ अर्ब रुपैयाँभन्दा धेरै खर्च गर्दै आएको छ ।

अघिल्लो वर्षको दशैँमा पनि नेपाल राष्ट्रबैंकले ७९ करोड रुपैयाँ खर्च गरेको थियो । हरेक वर्ष नोट मैलो हुँदा र च्यातिँदा राष्ट्रबैंकले छपाइको लागि ठूलो मात्रामा पैसा खर्च गर्दै आएको छ ।

नेपालमा नोटको सुरक्षामा ध्यान नदिँदा वर्षेनी करोडौँ रुपैयाँ खर्च भैरहेको भन्दै राष्ट्रबैंकले नागरिकस्तरमा कसरी पैसा सफा राख्ने, कसरी कच्याककुचुक नपार्ने लगायतका जनचेतना दिने प्रयास गरिरहेको छ ।

तर पनि पैसामा केरकार गर्ने, फोहोर गर्ने, कच्याककुचुक पार्नेलगायतका समस्या हटेका छैनन ।

हेर्दा नयाँजस्ता देखिने विभिन्न दरका नोट गोदाममा भएकाले यो दशैँमा नयाँ नोट नछापेर सुकिला नोटले काम चलाउनेबारे छलफल भैरहेको राष्ट्रबैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो ।

२०७६ भदौ ८ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार १०:५९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...