back
NMB ad

गण्डकी प्रदेशमा ४ महिनामा १५ लाख पर्यटक भित्र्याउने

Kumari bank ad

पोखरा । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा आगामी ४ महिनामा १५ लाख पर्यटक भित्र्याउने बताउनुभएको छ ।

रेस्टुराँ तथा बार एसोसिएसन (रेबान) पोखराको २५ औं वार्षिक साधारणसभाको पोखरामा उद्घाटन गर्दै मन्त्री लम्सालले आगामी ४ महिनाभित्र गण्डकी प्रदेशमा १५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दाबी गर्नुभएको हो ।

उहाँ भन्नुभयो, “प्रदेशको भ्रमण वर्ष सकिन ४ महिना बाँकी छ, अब नेपालीहरूको महान पर्व विजया दशमी पर्व आउँदैछ, यस अवसरमा प्रदेश सरकारले प्रदेशका कर्मचारीलाई केही दिन बिदा दियर भ्रमर्णको प्रबद्र्धन गर्ने तयारी गरेको छ ।

देशका विभिन्न ठाउँबाट प्रदेश सहित प्रदेशको राजधानी पोखरामा पर्यटकहरूलाई ल्याउन बिजनेस टु बिजनेस अवधारणासमेत अघि बढाउने भएको मन्त्री लम्सालले बताउनुभयो ।

प्रदेशमा पर्यटनको अथाहा सम्भावना देखेरै अध्ययन गरेरै विज्ञहरूको राय सल्लाहको आधारमा विकासको मूल आधार पर्यटनलाई बनाएको उहाँले बताउनुभयो ।

पोखरामा धेरै पर्यटकहरू भित्र्याउन निजी क्षेत्रले दक्षजनशक्ति उत्पादन गरी आगन्तुक पाहुनालाई उनीहरूको रोजाई अनुसारका खानाको परिकार दिनमन्त्री लम्सालले सुझाव दिनुभयो ।

प्रदेशका ८५ स्थानिय तहमा करिब २ हजार २ सय कर्मचारीहरू रहेकाले उहाँले अझै पनि कर्मचारी व्यवस्थापनमा समस्या रहेको जनाउनुभयो ।

नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि प्रदेश सरकारले सन २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताउनुभयो ।

२०७६ भदौ ८ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार १६:१९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...