back
NMB ad

अव सरकारी जागिर खान राष्ट्रिय परिचयपत्र भए पुग्ने

Kumari bank ad

काठमाडौं । सरकारले संसद्मा दर्ता गरेको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि राज्य व्यवस्था तथा सुशासन समितिले सहमतिको प्रतिवेदन तयार गरेको छ ।

संघीय संसद सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा यो विधेयक सोमबारको प्रतिनिधिसभामा पारित हुने क्रममा छ ।

राष्ट्रिय परिचयपत्र भइसकेपछि अन्य कागजात खासै आवश्यक नपर्ने विधेयकमा उल्लेख छ । हरेक नागरिकले सार्वजनिक सेवा प्राप्ति गर्दा परिचयपत्र मुख्य आधार बन्ने गरी विधेयक प्रतिनिधिसभाबाट पारित हुन लागेको हो ।

प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाबाट पनि यही विधेयक हुबहु पारित भए कार्यान्वयनमा आउनेछ ।

कुनै प्रयोजनका लागि जारी भएका परिचयपत्र वा प्रमाणपत्रमा समावेश हुने विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भइसकेपछि अन्य कागजात आवश्यक पर्दैन ।

राष्ट्रिय परिचयपत्रमा नाम, थर, जन्ममिति, लिंग, राष्ट्रियता, परिचय नम्बर, फोटो, परिचयपत्र जारी मिति र जारी गर्ने अधिकारी, स्थायी ठेगाना, नागरिकताको किसिम र नागरिकता नम्बर देखिने गरी उल्लेख गरिनेछ ।

विदेशी र गैरआवासीय नेपालीलाई छुट्टै परिचयपत्र
गैरआवासीय नेपाली तथा विदेशीलाई भने अस्थायी परिचयपत्र जारी हुने गरी विधेयकमा सहमति जुटेको छ ।
नेपाल भ्रमणकै लागि केही दिनलाई मात्रै आउने विदेशीलाई भने परिचयपत्र उपलब्ध गराइनेछैन ।

‘तोकिएको अवधिभन्दा बढी बसोवास गर्ने विदेशीलाई तोकिएको दस्तुर लिने’ विधेयकमा व्यवस्था छ ।स्रोतःनयाँ पत्रिका दैनिक

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार ०९:०७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...