back
NMB ad

टयाङ्गग्रापूल मर्मत गर्न सडक डिभिजनको उदासिनतामा इटहरीका जनप्रतिनिधिको आक्रोस

Kumari bank ad

काठमाण्डौं । इटहरी, सडकमा भएका खाल्डाखुल्डी पूर्न र टयाङ्गग्रापूल मर्मत गर्न सडक डिभिजन कार्यालय उदासिन रहेको भन्दै इटहरी उपमहानगरका जनप्रतिनिधिले आक्रोस ब्यक्त गरेका छन । सडक शुसासनका लागि इटहरी उपमहानगरले सरोकारवाला र विषयगत कार्यालयहरु सँग गरेको छलफल कार्याक्रममा आक्रोस जनाएका हुन । छलफलमा इटहरी वडा नम्वर ६ का वडाध्यक्ष चन्द्र भटटराईले टयाङ्गग्रापूल मर्मतमा सडक डिभिजन कार्यालयले देखाएको ढिलासुस्ती र गुणस्तहीन कार्यको वारेमा ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सडकमा भएका खाल्डाखुल्डी पूर्न र टयाँग्राखोलाको पूल मर्मतमा किन लापरवाही गरिएको होे प्रश्न गर्नुभयो । काम भएपनि टालटुले काम हुने र निर्माण नसकि भत्किने वताउनुभयो । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीको पटक पटकको ताकेतामा टयांग्रापूलको मर्मत भएपनि पून भत्किएको छ । दुवै तर्फका रेलिङ्ग भत्किएका कारण दुर्घटनाको जोखिम वढेको छ । टयाङ्गग्रापूल पूर्व पश्चिम सडक खण्डमा पर्ने इटहरी वजारमै रहेको पूल हो । जुन पुल भएर दिनमा हजारौ सवारी साधन गुडछन ।सडकमा दर्जनौ खाल्डाखुल्डीका कारण यातायात आवागमनमा समस्या छ । सडकडिभिजन कार्यालय विराटनगरका इन्जिनियर कैलाश देवले भने सडकमर्मतमा वर्षमा सालवसाली टेण्डर हुने र त्यो साउन भदौमा मात्र हुने जनाउनुभयो ।

यसवर्षको टेण्डरनै अझै नखुलेको वताउनुभयो । अहिले अमानतीमा कार्य भएकाले प्राथमिक उपचार जस्तो मात्र भएको सुनाउनुभयो । वडाध्यक्ष भटटराईले आक्रोस जनाउनुभयो “विपद प्रकोपका वेला भएका खाल्डाखुल्डी पूर्न टेण्डरै कुर्न मिल्छ ? यदि सडकडिभिजनले सक्दैन भने सक्दिन भन्नुभयो हामी गछौ ।” राजमार्ग संघीय सरकार अन्र्तगत भएकाले स्थानीय तहले सडकमा खर्च गरे वेरुजु आउने समस्या भएकाले काम गर्न नमिल्ने अवस्था छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रिजालले आवश्यकता र औचित्यका आधारमा सडक र पूल मर्मत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संघीय सरकारले सडक वनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरे उपयुक्त हुने धारणा राख्नुभयो ।

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...