सिटिजन्सले दिने भयो लगानीकर्तालाई १५% लाभांश

काठमाडौं ।  सिटिजन्स बैंक यसपटक लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको वितरण योग्य नाफाबाट १२ प्रतिशत नगद लाभांश र ३५ बोनस सेयर दिने निर्णय गरेको हो ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

बैंकले १ अर्ब ४५ करोड २७ लाख ७७३ रुपैयाँ बराबरको नगद लाभांश र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

२०७६ भदौ १० गते प्रकाशित

२०७६ भदौ १० गते ०७:३५ मा प्रकाशित

You can share this post!

रबी सहित तीनै जना रिहा, अदातलको विषयमा सिधाकुरा जनतासँग भने चलाउन नपाउने

नेपाल एयरलाइन्सको उडान बन्द हुँदा यात्रु मर्कामा

Related posts