अर्घाखाँची । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पूरा गरेको बताउनुभएको छ ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गित प्रतियोगिताको शनिबार उदघाटन गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताउनुभएको हो ।
उहाँले जनताको विश्वासलाइ वर्तमान सरकारले कुठाराघात र बेइमानी कहिले पनि नगर्ने बताउनु भयो । समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा सरकार अगाडी बढेको भन्दै पाँच वर्षभित्र देशले काँचुली फेर्ने बताउनु भयो ।
२०७६ भदौ १० गते प्रकाशित
वि.सं.२०७६ भदौ १० मंगलवार १३:४४ मा प्रकाशित